झिलझिले, २६ असोज–झापाको शिबसताक्षी–८ झिलझिलेस्थित छिमेकी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा उदयप्रकाश राई सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
हिजो (शनिबार) र आाज (आइतबार) झिलझिलेमा आयोजित संस्थाको निर्वाचनसहित १९औं वार्षिक साधारण सभाबाट सञ्चालक समितिको अध्यक्षमा राई सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
आगामी चार वर्षे कार्याकालका लागि भएको निर्वाचनमा कृष्ण श्रेष्ठ उपाध्यक्षमा र सञ्चालक समितिका सदस्यहरुमा धनपति बास्कोटा र दया पुयाँल निर्वाचित हुनुभएको हो । संस्थामा रिक्त रहेको अध्यक्ष पदसहित उपाध्यक्ष र दुई सदस्य पदका लागि निर्वाचन भएको हो ।
राजीनामापछि खाली हुन आएको संस्थाको अध्यक्ष पदमा निर्वाचन भएको थियो । अध्यक्षमा निर्वाचित राई संस्थाका उपाध्यक्ष हुनुहुन्थ्यो । अध्यक्ष मोहन मैनालीले पदबाट राजीनामा दिनुभएपछि उपाध्यक्ष राईलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको थियो ।
हिजो (शनिबार), झिलझिले माध्यमिक विद्यालयमा १९औं वार्षिक साधारणसभाको उद्घाटन गरिएको थियो । आज (आइतबार) संस्थाका कार्यालय भवनको सभा हलमा बन्द सत्रमा लेखा पुपरिवेक्षण प्रतिवेदन र संस्थाले एक आर्थिक वर्षमा गरेका वित्तिय कारोबारका पक्षमा र आगामी लक्ष्यसम्बन्धिको प्रतिवेदन संस्थाको प्रमुख कार्यकारी अधिकृत नबीन ओलीले छुट्टा छुट्टै प्रतिवेदन प्रस्तुत गरेका थिए ।
छिमेकी बचत तथा ऋण सहकारी संस्थाको दमक, कमल, कनकाई र शिबसताक्षीमा समेत गरेर पाँच वटा सेवा केन्द्रहरु यसअघि नै सञ्चालनमा आइसेको छ ।
