साहारा लिम्बू/ताप्लेजुङ, ९ कार्तिक–ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा यस वर्षकै धेरै दर्शनार्थीले पुजा गरेका छन् ।

कात्तिक महिनाको दोस्रो शनिबार (हिजो) एकै दिन ६ हजार ३९३ जना दर्शनार्थीले पुजा गरेका हुन् ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार बिहान ३ बजेदेखि सुरु भएको पुजाको लाइन साँझ साँढे ४ बजे मात्र समाप्त भएको थियो ।

पाथीभरामा दर्शनार्थीहरूका सहजताका लागि लाइन लागाइ पालो–पालो पुजा गर्ने व्यवस्था मिलाइएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो ।

असोज महिनामा २९ हजार १७४ जना तीर्थयात्रीहरुले पाथीभरा मन्दिरको दर्शन गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *