दमक, ११ कात्तिक–झापाको दमक नगरपालिका–९ शान्ति चोकमा लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सोमबार साँझ ७ः०० बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक–९ का ३६ वर्षीय मनोज धिमाललाई पक्राउ गरेको हो । ९३६० हुन्। उनले चलाइराखेको मे १ ह ७०६५ नम्बरको सिटी सफारी गाडीको सिटमुनी लुकाई छिपाई राखिएको अवस्थामा खैरो हेरोइन जस्तो देखिने लिसाइला पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद लागुऔषधमध्ये प्लास्टिकसहितको मात्रा १२ ग्राम २० मिलिग्राम र प्लास्टिकबाहेकको मात्रा ६ ग्राम रहेको छ। साथै, धिमालको साथबाट १८ हजार रुपैयाँ र मोबाइल फोन १ थान समेत बरामद गरिएको छ।

बरामद सामग्रीसहित धिमाललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *