काठमाडौं, १२ कात्तिक–दमक–२ पाङ्गिनीचोक नजिक गए राति यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य २१ जना यात्रुहरु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा २ ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *