काठमाडौं, १२ कात्तिक–भारतमा विलय भएको ५० वर्षपछि बुधबार पहिलो पटक सिक्किमले अन्तर्राष्ट्रिय फुटबल खेल आयोजना गर्दा नेपाल विजयी भएको छ।

ीसक्किमको राजधानी गान्तोकमा आज (बुधबार) भएको नेपाल र भारतको महिला टोलीबीचको एक्जिबिजन खेलको निर्धारित ९० मिनेट एक एक गोलको बराबरीमा सकियो। त्यसपछि पेनाल्टी सुटआउटमा नेपाल ३(० गोलले विजयी भयो।

पेनाल्टी सुटआउटमा नेपालका लागि सविता रानामगर, रश्मिकुमारी घिसिङ र निशा थोकरले गोल गरे । अनिता बस्नेतको प्रहार आउट भयो।

भारतका लागि पहिलो पेनाल्टी हानेकी प्रियादर्शनीको प्रहार नेपालकी सब्सिच्युट गोलकिपर अन्जना रानामगरले रोकिन्। भारतका लागि दोस्रो पेनाल्टी हानेकी सन्तोषको प्रहार आकासियो। यस्तै अष्टम ओरमको तेस्रो प्रहार पनि अन्जनाले विफल पारिन्।

त्यसअघि खेलमा भारतले ३०औं मिनेटमा अग्रता लियो। उसका लागि सौम्यले गोल गरेकी थिइन्।

नेपालले पहिलो हाफको इन्जुरी समयमा गोल फर्कायो। कर्नर बलमा रश्मिकुमारी घिसिङले गोल फर्काएकी थिइन्।

खेलका लागि नेपालको कप्तानको जिम्मेवारी अनिता बस्नेत कप्तानको जिम्मेवारी निर्वाह गरिन्।

खेलमा नेपालले दोस्रो रोजाइको टोली मैदान उतारेको थियो। पहिलो रोजाइमा अनिता बस्नेत ९कप्तान०, उषा नाथ ९गोलकिपर०, प्रतिक्षा चौधरी, मीना देउवा, सरु लिम्बू, हिराकुमारी भुजेल, निशा थोकर, विमला विक, पूर्णिमा राई, सरस्वती हमला र रश्मिकुमारी घिसिङ खेलेका थिए।

सोमबार सिलोङमा घरेलु टोली भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली सिक्किमको गान्तोक पुगेको थियो। खेल बिहीबार हुने भनिए पनि बुधबारका लागि सारिएको थियो। जसका करण नेपाली हतार(हतार गान्तोक पुगेका थिए।

नेपाली खेलाडी अनिद्रा तथा भोकभोकै विहान सबेरै गान्तोकका लागि गएपछि आलोचना भएको थियो। खेलकुद मन्त्री बब्लु गुप्ताले खेलाडीले दुस्ख पाएको भन्दै अखिल नेपाल फुटबल संघ ९एन्फा० का महासचिव किरण राईलाई फोन गरेर हप्काएको भिडिओ सार्वजनिक भएको थियो।

सोमबार भारतविरूद्ध २(१ गोलको जित निकाल्दा कप्तान सावित्रा भण्डारी साम्बाले दुवै गोल गरेकी थिइन। बुधबार कप्तान साम्बासहित स्टार मिडफिल्डर प्रिति राई र गोलकिपर एन्जिला तुम्बापो सुब्बा भने नेपाली टोलीमा थिएनन्।

सिक्किममा हुने यो पहिलो अन्तर्राष्ट्रिय खेल भए पनि अनौपचारिक हो। किनभने यो खेल फिफा विन्डोमा हुन लागेको भने होइन। त्यसका कारण यसलाई अन्तर्राष्ट्रिय मान्यता भने हुनेछैन।

पहिलो पटक अन्तर्राष्ट्रिय खेल हुने भएपछि सिक्किम फुटबल संघका अध्यक्ष मेनला एथेन्पाले लिखित वक्तव्यमा भनेका थिए, ‘सिक्किम फुटबलको इतिहासमा पहिलो पटक भारतको सिनियर राष्ट्रिय महिला फुटबल टोली र नेपालको सिनियर राष्ट्रिय महिला फुटबल टोलीबीच गान्तोकको पाल्जोर स्टेडियममा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *