काठमाडौँ, १३ कार्तिक–शिक्षामन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयमा केही परिवर्तन आवश्यक रहेको बताएका छन्।
बुधबारको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीको संक्षिप्त प्रतिक्रियामा मन्त्री पुनले यस्तो बताएका हुन् ।
सञ्चारकर्मीसँग मन्त्री पुनले भने, ुत्रिभुवन विश्वविद्यालयले अहिलेसम्म नीति तथा कार्यक्रम तयार पार्न सकेको छैन । अब त्यहाँ अलिअलि भुईँचालो ल्याउनु पर्नेछ।ु
उनको भनाइअनुसार विश्वविद्यालयले हालको व्यवस्थापन र नीति कार्यान्वयनमा सुधार गर्दै अघि बढाउनुपर्ने आवश्यकता देखिएको हो ।

