काठमाडौँ, १३ कार्तिक–राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार अकस्मात् निधन भएको छ।

भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा सम्बोधन गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक बेहोस भएर लडेका थिए ।

उनलाई तुरुन्तै मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । बुटवल उपमहानगरपालिका–३, ज्योतिनगर निवासी गौतम २०५४ सालदेखि जिफन्टको गतिविधिमा सक्रिय थिए।

गौतमका दुई छोरा र श्रीमती रहेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *