दमक, १४ कार्तिक–दमक–६ मा मुख्य कार्यलयसहित गौरादहमा सेवा कार्यलय समेत रहेको उद्यम विकास बचत तथा ऋण सहकारी संस्थाको १७औं निर्वाचनसहितको बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

दमक उद्योग बाणिज्य संघको कार्यालयमा आज (शुक्रबार) सम्पन्न निर्वाचनसहितको १७औं वार्षिक साधारणसभाले नयाँ सञ्चालक समिति र लेखा समितिको नेतृत्व चयन गरेको छ । संस्थाको सञ्चालक समिति र लेखा समिति निर्विरोध निर्वाचित भएको हो ।

उद्यम विकास बचत तथा ऋण सहकारी संस्थाको आगामी कार्याकालका लागि चयन भएको सञ्चालक समितिको अध्यक्षमा विरेन्द्र पोख्रेल, उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, सचिवमा दिपा अधिकारी, सहसचिवमा बिमला पोख्रेल र कोषाध्यक्षमा कमलप्रसाद पोख्रेल छन् ।

सञ्चालक समितिको सदस्यहरुमा केशव भट्टराई, जितु धिमाल, वेदराज पौडेल र अनुसा कार्की चुनिएका छन् । यसैगरि, सुरेन्द्रबहादुर कटवालको संयोजकत्वमा तीन सदस्यीय लेखा सपरिवेक्षण समिति चयन भएको थियो । लेखा समिति सदस्यद्धयमा बलराम धिमाल र रमुना चापागाई चुनिएका छन् ।

संस्थाकी अध्यक्ष चन्द्रकुमारी खड्का भट्टराईको अध्यक्षतामा र जिल्ला सहकारी संघ झापाका वरिष्ठ उपाध्यक्ष दुर्गा सापकोटाको प्रमुख आतिथ्यता १७औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

वार्षिक साधारणसभाको अवसर पारेर उत्कृष्ठ बाल बचततर्फ विभास जंग खड्का, सुप्रिया उप्रेती, जोन कार्की, आरुसी गौतम, दिप दंगाल,,नारी बचत सम्मानबाट रनसरी राई, उत्कृष्ठ नियमित बचतकर्तातर्फ दुई जना, मासिक बचतमा ३ जना, उत्कृष्ठ एक वर्ष बचतकर्तामा ३ जना, उत्कृष्ठ कारोवारी कर्जातर्फ ४ जना, उत्कृष्ठ कारोवार गर्ने ५ जना शेयर सदस्यहरुलाई समेत सम्मान पदान गरिएको थियो ।

सोहि सभामा संस्थाले शेयर सदस्य परिवारबाट कक्षा १२ मा उत्कृष्ठ अंक ल्याउने प्रवेश पोख्रेल र रञ्जना मिश्र, उत्कृष्ठ कर्मचारीका रुपमा रविन धिमाललाई नगदसहित पुरस्कृत गरियो भने सञ्चालक समितितर्फ उत्कृष्ठ कारोवार गर्ने दिपा अधिकारी,उपसमितितर्फ उत्कृष्ठ कारोवार गर्ने हेमकला न्यौपानेलाई सम्मान गरिएको थियो ।

यसैगरि, संस्थाले एकल महिलातर्फ कमला कुमारी राउत, ज्येष्ठ सदस्यतर्फ कुमारी चौधरी, गौरीकान्त पोख्रेल र नारायणी गड्तौलालाई सम्मान गरिएको थियो ।

सो वार्षिक साधारणसभामा सहकारी संस्थाका सचिव बिरेन्द्र पोख्रेलले सञ्चालन र लेखा समिति संयोजक पर्शुराम रिजालले स्वागत मन्तव्य राखेका थिए ।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *