पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ, १९ कार्तिक–नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुले आजको दिन इतिहासमा अविस्मरणीय हुने बताएका छन् ।

पार्टी एकता घोषणासभामा बोल्दै उनले देशभरका दश कम्युनिस्ट घटकहरू एकसाथ आउने घटना नेपाली राजनीतिक इतिहासमै दुर्लभ भएको टिप्पणी गरेका हुन् ।

उनका अनुसार यो एकता केवल संगठनात्मक तहमा सीमित नभई वैचारिक र राजनीतिक रुपान्तरणको संकेत पनि हो । ‘विभिन्न धार र अनुभव भएका नेताहरू आज एउटै मञ्चमा उभिनु आफैंमा ऐतिहासिक उपलब्धि हो,’ प्रचण्डले भने ।

उनले थपे, ‘यो दिन कम्युनिस्ट आन्दोलन मात्र होइन, समग्र राष्ट्रिय राजनीतिका लागि पनि नयाँ सम्भावनाको बाटो खोल्ने क्षण हो । अहिलेको राजनीतिक संकट समाधान र राष्ट्रिय एकताको आधार तयार पार्न यो एकता निर्णायक बन्न सक्छ ।’

प्रचण्डका अनुसार आजको दिनलाई नेपाली कम्युनिस्ट आन्दोलनले ुअविस्मरणीय मोडुको रूपमा सम्झिनेछ । उनले एकता अभूतपूर्व, असाधारण रहेको बताए । उनले एकताको पछाडि जेनजी आन्दोलनको भूमिका रहेको पनि बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *