काठमाडौं, २० कार्तिक–तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ ।

भक्तपुरको गुण्डुस्थित ओली निवासमा दुई नेताबीच बुधबार साँझ भेटवार्ता भएको स्रोतले जनाएको छ ।

ओली र लेखकबीच भएको कुराकानीबारे भने केही खुलाइएको छैन ।

भदौ २३ गतेको जेनजी आन्दोलनमा अत्यधिक दमन गरेको भन्दै ओली र लेखक दुवैजनालाई पक्राउ गर्न दबाब छ ।

गत भदौ २३ र २४ गतेको घटना हुँदा ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री थिए ।

२३ गतेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि लेखकले तत्कालै पदबाट राजीनामा दिएका थिए भने ओलीले २४ गते राजीनामा दिएर सेनाको सुरक्षामा पुगेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *