झिलझिले, २ मंसिर–पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा बालाचतुदर्शी मेलालाई व्यवस्थित बनाइनुका साथै सभ्य र भब्य ढंङ्गमा सम्पन्न गरिने भएको छ ।

बालाचतुदर्शी मेलालाई लक्षित गरेर सताक्षीधाम परिसर सरसफाई, रङरोगन, बक्ति जडान, सडकको दायाँबायाँ सफाई, भक्तजनको सुविधा र सुरक्षा व्यवस्था मिलाइएको छ ।

बिगतका वर्षहरु झै यसवर्ष पनि मार्गशीर्षकृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने प्रचलन छ ।

आज (मंगलबार) बिहानैदेखि टाढा टाढाबाट तीर्थालु तथा दर्शनार्थीहरु सताक्षीधाम आउनेक्रम जारी छ । मंगलबार साँझ सताक्षीधामस्थलमा तीर्थालु तथा दर्शनार्थीहरुका लागि रात्रीकालिन समयका लागि बस्ने व्यवस्था गरिएको छ ।

सताक्षीधाम धार्मीक तथा पर्यटन विकास समितिका अध्यक्ष तुलाराम बोखिमका अनुृसार सताक्षीधाममा आगान्तुक साधुसन्त र तीर्थालुहरुका लागि निःशुल्क चिया, खाजा, भोजनसहित बस्ने व्यवस्था मिलाइएको छ ।

सताक्षीधाममा बालाचतुरदर्शी मेला तीन दिनसम्म लाग्ने गर्दछ । मेलामा पुजाका लागि सामाग्री पसलहरु, मिठाई तथा प्रसादका पसलहरु, अन्य साना तथा ठूला होटलहरुका लागि स्थल निर्माण, सावारी पार्किङ र साधुसन्त र तीर्थालुहरुका लागि छ्ट्टाछुट्टै स्थलहरु छुट्याइएको अध्यक्ष बोखिमले जानकारी दिनुभयो ।

मेलामा शान्ति सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएका छन् भने स्वयम्सेवकका लागि स्काउट विद्यार्थीहरुलाई परिचालन गरिएको छ । मेलामा भक्तजनहरुको सुविधाका लागि अलग अलग स्थानमा १० ओटा अस्थायी शौचालय निर्माण गरेको छ ।

मेलामा आगान्तुकहरुलाई स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीहरुको टोलीले निःशुल्क स्वास्ग्य परिक्षण गर्नुका साथै औषधीसमेत वितरण गरिने भएको छ । त्यस्तै, मेला स्थलमा सताक्षीधाम समितिले हेल्प डेक्स मार्फत त्यहाँका समस्याहरुमाथि सहजिकरण गरिने व्यवस्था रहेको छ ।

सताक्षीधाममा मंगलबार साँझदेखि नै आफ्ना दिवंगत पितृहरुका नाममा दिपदान (बाती बाल्न) गर्ने प्रचलन छ । त्यस्तै, दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सताक्षीधामका विभिन्न ठाउँमा शतबीज छर्ने गरिन्छ ।

सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै दिवङ्गत पितृस्मरण गर्दै छर्ने प्रचलन छ । सतबीज छर्ने भक्तजनहरुका लागि सताक्षीधाम उत्तर आकाश गंगा (झरना) सम्म जानकालागि गरेटो निर्माण गरिएको छ ।

सताक्षीधामको मुल डिगम्बरश्वर शिवालय मन्दिरमा पुजाआजा गर्दा भिडभाड हुने भएकाले मन्दिरभित्र बस्ने र निस्कने छुट्टाछुट्टै स्थालको व्यवस्था मिलाइएको छ ।

अध्यक्ष बोखिमका अनुसार मेलामा आउने ठुला सवारी साधनलाई रमिते डाँडासम्म मात्र प्रवेश दिइने र सोही स्थानसम्म जाने र आउने छुट्ट छुट्टै एक तफी ट्रयाक निर्माण गरिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *