काठमाडौँ, ६ मंसिर–ओपनर मार्क वाटको शतकप्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध नौ विकेटको सहज जित निकालेको छ ।

शनिबारको पहिलो खेलमा कर्णालीले लुम्बिनीलाई नौ विकेटले पराजित गरेको हो। कर्णालीको यो पहिलो जित हो । लुम्बिनीले भने दोस्रो खेलमा आएर पहिलो हार बेहोरेको हो।

त्रिवि क्रिकेट रंगशालामा लुम्बिनी लायन्सले दिएको १५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२।२ ओभरमा एक विकेट गुमाएर १६१ रन बनाउँदै पूरा गर्यो।

कर्णालीको जितमा मार्क वार्टले शानदार शतक प्रहार गरे । उनले ४४ बलमा ६ चौका र १२ छक्का प्रहार गरे। जारी प्रतियोगितामा यो पहिलो शतक हो।

यस्तै, विलियम बोसस्टोले २९ रन बनाए । प्रियांक पन्चालले १२ रन बनाएर आउट भए। यता, लुम्बिनीका लागि शेर मल्लले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनीले ८ विकेट गुमाएर १५६ रन बनायो ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ४९ रुबेन ट्रम्पेलम्यानले अविजित २९ र जेजे स्मिथले २३ रन बनाए ।

कर्णालीका नन्दन यादवले २, कप्तान सोमपाल कामी, गुल्शन झा, र्माक वाट, बिपिन शर्मा, युवराज खत्रीले समान १ विकेट लिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *