बिर्तामोड, ७ मंसिर–बिर्तामोडमा एक जना पुरुषको शंकास्पद मृत्यु भएको छ ।
बिर्तामोड–७ मियाबारीस्थित रेखा खोलानजिक वडा नं–६ बस्ने ५२ वर्षीय आनन्द चौधरीको शंकास्पद अबस्थामा शव फेला परेको हो ।
शनिवार राति १०ः४० बजे घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली पुगेको थियो । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठको कमाण्डमा टोली खटिएको थियो ।
राति १ बजे कानुनी प्रकृया पूरा गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने ४८ वर्षीय पुरन चौधरी र वडा नं ७ बस्ने ३२ वर्षीय श्याम चौधरीलाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा राखिएको छ ।
