दमक, १० मंसीर-सुनसरीको झुम्का कारागारबाट फरार रहेका दुई कैदीबन्दी झापामा पक्राउ परेका छन्।

मेचीनगर–६ स्थित ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

राजस्व छलि मुद्दामा कैद भुक्तान गरिरहेका ५२ वर्षीय मदन पोखरेल र ५८ वर्षीय उत्तम ठकुरी जेनेजी आन्दोलनका क्रममा गतभदौ २४ गते झुम्का कारागारबाट फरार भएका थिए ।

विशेष सूचनाको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *