काठमाडौं, ११ मंसिर–इन्डोनेसियामा सुरू भएको थ्री नेसन्स कपअन्तर्गतको अन्तर्राष्ट्रिय खेलमा नेपाल पराजित भएको छ।

बुधबार भएको खेलमा नेपालले अग्रता जोगाउन नसक्दा घरेलु टोली इन्डोनेसियासँग २-१ गोलको हार ब्यहोरेको हो।

खेलको २०औं मिनेटमा नेपालले अग्रता लिएको थियो। अनिता बस्नेतको कर्नर बलमा विमल बिकले डिबक्सबाट हेड गरेकी थिइन्। तर इन्डोनेसियाकी भिभीले आफ्नै पोस्टमा गोल गर्न पुगिन्।

तर दोस्रो इन्डोनेसियाले दुई गोल फर्कायो। ५८ मिनेटमा गिया र ६७ मिनेटमा औलियाले गोल गर्दा नेपाल पराजित भयो।

प्रतियोगितामा अब दोस्रो खेलमा नेपालले चाइनिज ताइपेईसँग २ डिसेम्बरमा खेल्नेछ।

खेलमा नियमित कप्तान सावित्रा भण्डारी साम्बा चोटका कारण अनुपस्थित थिइन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *