झिलझिले, १७ मंसिर–गत वर्ष दिवगंत आफ्ना पिता चन्द्रबहादुर लम्जेलको पहिलो वार्षिक पुष्यतिथिको अवसर पारेर झापाको शिबसताक्षी–८ बुद्ध चोकका खगेन्द्रसहित जम्लेल परिवारले यहाँका एक विद्यालयमा विद्यार्थीहरुलार्य सामुहकि भोजन गराइएको छ ।

यहाँका अरुणोदय आधारभूत विद्यालयका पूर्व विद्यार्थीसमेत रहनुभएका खगेन्द्र लम्जेलले आफ्ना वुबाको प्रथम वार्षिक पुष्य तिथिमा विद्यार्थीहरुलाई फलफूल, जुस लगायत भोजन गराइएको हो । बुबाको स्मृतिमा सोही विद्यालयमा लम्जेल परिवारले रु १ लाख ५० हजारको अक्षयकोष यसअघि नै स्थापना गरिसकेका छन् ।

वडाध्यक्ष सन्त कुमार फेउदेन लिम्बूको प्रमुख आतिथ्यतामा भएको भोजन कार्यक्रममा स्वर्गीय लम्जेलका जेष्ठ पुत्र खगेन्द्रले बुबाको पहिलो वार्षिक पुष्य तिथिमा विद्यार्थीहरुलाई एक दिनको भोजन गराइएको बताए ।

शिबसताक्षी-१ धरमपुरस्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयका प्रधानध्यापकसमेत रहनुभएको खगेन्द्र लम्जेलले सामुदायिक विद्यालयप्रति अभिभावकहरुको विश्वास जगाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन विश्वकर्मको अध्यक्षता रहेको थियो । त्यसअवसरमा स्वर्गीय चन्द्रबहादुर लम्जेलका तस्विरमा वहाँका जीवन संगीनि चन्द्रमाया लम्जेलसहित वडाध्यक्ष फेउदेन, विद्यालयका प्रधानध्यापक तारकुमार लावती, विद्यालयका शिक्षिकाहरु र परिवारजनले पुष्पगुच्छा अर्पण गरेका थिए ।

२०८१ साल मंसिर २८ गते चन्द्रबहादुर लम्जेलको असमायिक निधन भएको परिवारले जनाएका छन् । २०१६ साल असार १५ गते जन्मनुभएका लम्जेल सरकारी सेवामा कार्यरत रहेर पछिल्लोसमय घरैमा अवकासजीवन विताइरहनुभएका थिए ।

दिवगंत चन्द्रबहादुरका जीवनसंगगीनि चन्द्रमाया लम्जेल, जेठा छोरा खगेन्द्रसहित ३ जना छोराहरु र दुई छोरी, नातिनातिनीहरु छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *