मोरङ, १७ मंसिर–मोरङको धनपालथान गाउँपालिका–१ गडेरीया स्थितबाट बेबारीसे अवस्थामा रहेको प्रतिबन्धित औषधी ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल प्रहरीले बरामद गरेको छ ।

मंसिर १६ गते विशेष सूचनाको आधारमा प्रहरी चौकी गडेरीयाबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका–१ गडेरीया टोल स्थित बाँसको झ्याङमा २ वटा झोलामा बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित औषधि ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद गरेको हो ।

लागू औषध बरामद भएसँगै ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा थप अनुसन्धान भइरहेको छ । चेकजाँचको क्रममा सुनसरीको अस्थायी प्रहरी बिट जोरसखुवाले धरान–१३ स्थितबाट प्रतिवन्धित औषधी २७६ चक्की सहित १ जनालाई पक्राउ गरेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *