काठमाडौँ, १९ मंसिर–११औँ महाधिवेशनको संघारमा अध्यक्ष पदका लागि तयारी गरिरहेका नेता ईश्वर पोखरेल नेतृत्वको टिम गुण्डु पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।

पोखरेलसहित अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र योगेश भट्टराई गुण्डु पुगेका थिए ।महाधिवेशनका विषयमा झन्डै तीन घण्टा कुराकानी भएको स्रोतले जनाएको छ।

एघारौँ महाधिवेशनमा तेस्रोपटक अध्यक्षमा लड्ने घोषणा गरिसकेका ओलीलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रतिस्पर्धामा उत्रिने घोषणा गरेका छन् । दुवै पक्षले टिम बनाउन सक्रियता बढाएका छन्।

ओलीले अन्तिम समयमा मात्र टिम बनाएर धेरै नेतालाई ‘इङगेज’ गर्ने रणनीति लिएको बताइन्छ । पोखरेलतर्फ अवसरको अपेक्षामा रहेका केही नेता खुलेर साथ नदिँदा दुई समूहका अनुहारहरू प्रष्ट नदेखिएको स्रोतको भनाइ छ।

यसअघि एक कार्यक्रममा ओलीले ‘आफूले नाम पढेर सुनाएपछि महाधिवेशन सकिने’ टिप्पणी गरेका थिए । पोखरेलको टिम भने पूर्वराष्ट्रपति विद्या भण्डारीको सपोर्टमा ओलीलाई चुनौती दिने तयारीमा छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *