दमक, २३ मंसिर–दमक नगर इसाई समाजले ख्रीष्टमस (वडादिन) को पूर्वसन्ध्याको अवसर पारेर दमकका चारवटा सामुदायीक विद्यालयका ४ सय ९३ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्रीहरु वितरण गरेको छ ।

ख्रीष्टमस (वडादिन) लाई खुशीयालीसहित सामाजिक कार्यमा सहभागिता गर्ने उदेश्यले दमकको ग्रामिण क्षेत्रका सामुदायीक विद्यालयमा विद्यार्थी र अभिभावकको आर्कषण बढाउन शैक्षिक तथा खेलकुद सामाग्रीहरु वितरण गरिएको हो ।

मंगलबार, दमक नगर प्रमुख रामकुमार थापासहित दमक नगर शिक्षा तथाा खेलकुद शाखाका प्रमुख प्रविण खड्काको उपस्थितीमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई ख्रीष्टमस उपहार वितरण गरिएको दमक नगर इसाई समाजका पूर्वअध्यक्ष तथा सामाजिक सेवा उपसमितिका संयोजक पाष्टर आकाश थुलुङ राईले जानकारी दिए ।

दमक नगर इसाई समाजका पूर्वअध्यक्ष तथा स्थानीय प्रसाशन समन्वय उपसमितिका संयोजक पाष्टर राजकुमार नाछिरिङ राईका अनुसार ताराबारी आधारभूत विद्यालय दमक–४, विद्योदय आधारभूत विद्यालय दमक–४, सगरमाथा आधारभूत विद्यालय दमक–१० र पशुपति आधारभूत विद्यालय दमक–१० मा अध्ययनरत ४ सय ९६ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई ख्रीष्टमसको उपहार प्रदान गरिएको हो ।

दमक–४ तारावारी आधारभूत विद्यालयमा छात्रा ७५ र छात्र ६८ सहित जम्मा विद्यार्थी संख्या १४३ जना, दमक–४ विद्योदय आधारभूत विद्यालयमा छात्रा ५० र छात्र ६३ सहित जम्मा विद्यार्थी संख्या ११३ जना छन् ।

त्यस्तैं,  दमक–१० सगरमाथा आधारभूत विद्यालयमा छात्रा २५ र छात्र ४५ सहित जम्मा विद्यार्थी संख्या ७० जना, दमक–१० पशुपति आधारभूत विद्यालयमा छात्रा ८३ र छात्र ७४ सहित जम्मा विद्यार्थी संख्या १५७ जना विद्यार्थीलाई कार्यक्रममा सहभागिता गराइएको पाष्टर राजकुमार नाछिरिङ राईले जानकारी दिए ।

ख्रीष्टमस उपहार वितरणपछि दमक नगर प्रमुख थापाले दमकको शैक्षिक तथा खेलकुदसहित सामाजिक गतिविधिमा दमक नगर इसाई समाजको योगदान उच्च स्थानमा रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका नगर प्रमुख थापाले आउँदैगरेको ख्रीष्टमसलाई लक्षित गरेर ग्रामिण क्षेत्रमा सञ्चालित सामुदायीक विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीप्रतिको माया र स्नेहका लागि धन्यवाद तथा आभार व्यक्त गरे ।

दमकको विभिन्न वडा तथा गाउँ–टोलमा इसाई धर्मालम्वीहरुको झण्डै ४० वटा चर्च (मण्डली) हरु सञ्चालित छन् । यहि पौष २ गते दमकमा इसाई समाजले ख्रीष्टमस (वडादिन) मा वृहत सांगीतिक तथा प्रवचनसहित श्रष्टा सम्मान र शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाउँने भएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *