काठमाडौँ, २४ मंसिर–इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा पुगेको छ। हारसँगै काठमाडौँको यात्रा समाप्त भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँ ले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीका डीएर्सी शर्टले ३४ बलमा दुई छक्कासहित ३३ रन जोडे। सन्दीप जोराले २३ रन बनाए । कप्तान रोहितकुमार पौडेलले १८ रन, निरोसान डीकवेलाले १४ रन, दीलिप नाथले सात रन र दीनेश अधिकारीले चार रन थपे।

काठमाडौँका सन्तोष यादवले दुई विकेट लिए। सन्नी पटेल, साहब आलम, कप्तान करण केसी र राशिद खानले एकरएक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौँ १९.१ ओभरमा सबै विकेट गुमाउँदै १११ रनमै रोकियो । सन्तोष यादवले २२ रन बनाए। आदील आलम र जोन सिम्पसनले १८-१८ रन जोडे। भीम सार्कीले १४ रन र करण केसीले नौ रन बनाए।

लुम्बिनीका शेर मल्लले २२ रन खर्चेर तीन विकेट लिए। कप्तान रोहितकुमार पौडेलले पनि तीन विकेट लिए। रुबेन ट्रम्पेलमनले दुई विकेट र अभिशेष गौतमले एकरएक विकेट हात पारे।

एनपीएल इतिहासमा दुवै टिम पहिलोपटक प्लेअफ खेलेका हुन् । पहिलो संस्करणमा काठमाडौँ पाँचौँ र लुम्बिनी अन्तिम स्थानमा रहेका थिए।

दोस्रो क्वालिफायर बिहीबार हुनेछ । जित्ने टिमले शनिबार सुदूरपश्चिम रोयल्ससँग उपाधि भिडन्त खेल्नेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *