राजेन्द्र सिटौला

दमक, २५ मंसिर–नेपाली कांग्रेस पार्टी दमक नगर समितिको सभापतिमा नेता राजेन्द्र सिटौलाले उम्मेदवारी दिने भएका छन् ।

नेपाली कांग्रेस पार्टीको आसन्न महाधिबेशन नजिकिएसंगै दमक नगर समितिको सभापतिमा नेता सिटौलाले दावी प्रस्तुत गरेका हुन् ।

कांग्रेस दमक–४ वडाका सभापतिसमेत रहेका नेता सिटौलाको उम्मेदवारी घोषणाले पार्टीभित्र आन्तरिक बहस बढेर गएको छ । हकि, निडर, स्पष्ट वक्ता स्वभाव भएका सिटौला पार्टीभित्र निकै हक्की मानिन्छन् ।

नेता सिटौलाले कांग्रेस पार्टीलाई दमक नगरकै शक्तिशाली मात्र नभएर जनताको आशा र भरोषासहितको पार्टीका रुपमा स्थापित गर्न आफनो उम्मेदवारी रहने स्पष्ट पारेका छन् ।

१० वटा वडा रहेको दमक नगरपालिकामा पार्टीको संगठन दर्विलो बनाउन भने अनुसार काम हुन नसकेकाले संगठन निर्माणमा जोड दिदै कांग्रेसप्रति आर्कषण बढाउन नेतृत्वमा बसेर काम गरेर देखाउने नेता सिटौलाको जोड छ ।

कांग्रेसमा नेता सिटौलासहित हालका सभापति प्रकाश प्रसाई, नेविसंघ झापाका पूर्व जिल्ला सभापति पर्शुराम रिजाललेसमेत आकांक्षी राखेको बुझिएको छ ।

कांग्रेसको १५औं महाधिबेशनको कार्यतालिका अनुसार प्रारम्भिक चरणमा जिल्लाको गाउँ,नगरका वडा तहमा अधिबेशन सम्पन्न हुने छ । वडा तहको अधिबेशन लगत्तै प्रदेशसभा, क्षेत्रीय अधिबेशन, प्रदेश समितिपछि केन्द्रीय महाधिबेशन सम्पन्न हुने जनाईएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *