दमक, ४ पुस–दमक नगर इसाई समाजले आज झापाको दमक–५ नारायण गोपाल टोलमा एक दिने निःशूल्क दन्त शिविर आयोजना गरेको छ ।
ख्रीष्टमसको अवसर पारेर दमक नगर इसाई समाजले स्थानीय कर्नर स्टोन चर्चमा शुक्रबार दन्त शिविर आयोजना गरिएको हो ।
दमक थुलुङ डेन्टल क्लिनिकको प्राविधिक सहयोग र कर्नर स्टोन चर्चको व्यवस्थापनमा दन्त शिबिर भएको थियो । सो शिविरमा बालबालिकाहरुसहित ६५ जनाले सेवा लिएका थिए ।
दमक थुलुङ डेन्टल क्लिनिकका सञ्चालकसमेत रहनुभएकी दन्त रोग विशेषज्ञ डाक्टर सोफिया थुलुङसहितको चिकित्सक र अन्य प्राविधिकहरुले शिविरमा सेवा प्रदान गर्नुभएको थियो ।
दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बाको अध्यक्षतामा सो शिविरको शुभारम्भ भएको थियो । सो अवसरमा ख्रीष्टमसको खुशीयालीमा गीतमार्फत सहभागिहरुलाई मनोरञ्जन गराइएको थियो । त्यस्तैं, शिविर सुचारु गर्नुअघि इसाई धर्मावलम्वीहरुका अगुवा रेभ एनडी थुलुङले प्रार्थना गर्नुभएको थियो ।
शिविरमा समाजका पुर्वअध्यक्ष तथा अन्तर धार्मीक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राईले शिविरको औचित्य, महत्व र यसबाट लिनुपर्ने फाइदाका बारेमा बोल्नुभएको थियो ।
पाष्टर राईले यतिवेला नेपालसहित विश्वभरका मानवजातीहरु ख्रीष्टमसको स्वागत तथा खुशीयाली मनाइरहेका बताउनुभयो । खुशीयालीसंगै समाजका केही राम्रा र असल कार्यहरु पनि पुरा गर्नुपर्ने दायित्व भएकोले दन्त शिविरको आयोजना गरिएको पाष्टर राईले बताउनुभयो ।
वहाँले बाइबल धर्मशास्त्रमा उल्लेख भएका प्रवित्र बचत, असल कार्यमा प्रोत्साहन र हौसल्ला गर्नका लागि स्वास्थ्य, शिक्षा र सचेतना मुलक कार्यक्रमहरु ल्याउन आवश्यक रहेको औल्याउनुभयो ।
दमक नगर इसाई समाजका सचिव पाष्टर अजय पाठकले सञ्चालन गर्नुभएको कार्यक्रममा समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार आकाश थुलुङ राई, पूर्वअध्यक्ष तथा कर्नर स्टोनका पाष्टर दावा शेर्पा, समाजका उपाध्यक्ष पाष्टर राम राई, सहसचिव पाष्टर दीपक कार्की, युवा संगतीका अध्यक्ष एल्डर सुरज लिम्बू लगायत अगुवाहरुको उपस्थिती थियो ।
शिविरमा दमक थुलुङ डेन्टलका डाक्टर सोफिया थुलु«सहित डाक्टर हाङमा माखिम, करुणा कार्की, धनमाया घिमिरे र शरद राजवंशीको टोलीले स्वास्थ्य परिक्षण गर्नुका साथै सेवाग्राहीहरुलाई मुख तथा दाँतको हेरचार, यसको महत्वका बारेमा सहजिकरण गर्नुभएको थियो ।
