दमक, ५ पुस–नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) जिल्ला कमिटी झापाका अगुवा नेता तथा कार्यकर्ताहरुको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम संम्पन्न भएको छ ।

आज (शनिबार) विर्तामोडमा आयोजित भेलामा सहभागिहरुले नेपाली समाजको सन्दर्भमा बामपंन्थी आन्दोलनका आरोह र अवरोहका बारेमा अन्तरमन्थन गरेका थिए ।

झापा आन्दोलनका अगुवा सिएन सापकोटाले नेपालमा बामपंथी विचार, दर्शन, सिदान्त पछिल्लोसमय कमजोर बन्दै जानु दुःखद भएको बताउनुभयो । सापकोटाले जनताका आधारभूत समस्यालाई पर राखेर आफ्ना निम्ति मात्रै सोच्ने प्रवृतिले नेपाली समाजमा कम्युनिष्ट आन्दोलन असफल बन्दै गएको बताउनुभयो ।

त्यस्तैं, झापाका पुराना बामपंन्थी नेता दुर्गा भट्टराईले समाजवाद विचार, दर्शन, सिद्धान्तले मात्रै नेपाली जनतालाई न्याय दिन नसक्ने बताउनुभयो ।

नेता भट्टराईले नेपालका पुँजीवादीहरूले वामपन्थी आन्दोलन र समाजवादको अभियानलाई असफल बनाउन निरन्तर  लागिपरेको बताउनुभयो ।

नेकपा (संयुक्त) का केन्द्रीय सदस्य भीम बस्नेतले पुँजीपति वर्ग र श्रमजीवी जनताबीचको अन्तरविरोधका बारेमा बोल्नुभएको थियो । नेता बस्नेतले अहिले समाजवाद प्राप्त गर्ने नाममा धेरै भ्रम, अन्योलता सिर्जना गरिएको र नेपालको राजनीतिमा समाजवादी नामका धेरै संख्यामा पार्टीहरू निर्माण हुन र फुट्दै जानुपर्ने अवस्थामाथि प्रकाश पार्नुभएको थियो ।

नेकपा (सँयुक्त) का केन्द्ीय सदस्य निलमणी बरालले जनताको सर्घष, त्याग र बलिदानबाट गठन भएको नेपाल कम्युनिष्ट पार्टीलाई केही पुँजीपति बर्गको बिचार र प्रवृतिले गर्दा आन्दोलनलाई कमजोर बनाएको बताउनुभयो । नेता बरालले हिजोका बामपंन्थी बिचार, दर्शन, सिदान्त अहिले विचलन हुँदै गएकोमा दुःख ब्यक्त गर्नुभयो ।

नेता बरालले नेपाली जनतालाई समाजवादी व्यवस्थातिर लैजान नेपालका कम्युनिष्ट पार्टीहरुवीच अझैपनि एकता र सहकार्य हुन जरुरी रहेको औल्याउनुभयो । नेता बरालका अनुसार नेपालमा कम्युनिष्ट पार्टीहरुले समाजवादको बिचार, दर्शन र सिद्धान्तलाई बाहिर देखाएपनि व्यवहारमा क्रमश छाड्दै–छाड्दै गइरहेका छन् ।

सो अन्तरक्रिया कार्यक्रममा झापाका पुराना अग्रज पत्रकार लीला बरालले समाजवादप्रती नेपाली समाजमा नकारात्मक बुझाई रहेको र त्यसलाई वामपंन्थी पार्टीहरुले प्रष्ट बनाउँदै लैजानेपर्नेमा जोड दिनुभयो ।

मा गलत बुझाई पूर्ववत नेकपा (एकीकृत समाजवादी) झापाका उपसचिव होमबहादुर बराल, नेता कमल बुढाथोकी, दमक नगर कमिटी अध्यक्ष हरिप्रसाद नेपाल लगायतले आ–आफ्ना बिचारहरु राख्नुभएको थियो ।

त्यस्तैं, प्रदेश कमिटी सदस्य श्री सिटौला, मदन खतिवडा, शुशिला तिवारी बराल, कलम बुढाथोकी, लक्षमण खतिवडा, रतज राजवंशी, गोविन््रद बास्तोला, प्रमिला महतो, हर्कबहादुर कुँवर, पदम कट्टेल, भीम बराइली, मदन ढकाल लगायतले आ–आफना जिज्ञासा र सुझावहरु राख्नुभएको थियो ।

नेता सिटौलाले झापामा सवै निर्वाचिन क्षेत्र र भूगोलमा रहेका बामपंन्थी शक्तिहरुवीच भेटघाट र छलफल भइरहेको र छिटै वृहत सभाको आयोजना गर्ने बताउनुभयो ।

सो कार्यक्रमलाई श्री मिश्रले सहजिकरण गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *