दमक, ८ पुस–दमकको फुटबल खेल जगतमा छुट्टै पहिचान बनाउन सफल पूर्व खेलाडी गजेन्द्र देवान (गजु) ले दमक तेक्वान्दो डोजाङका दुई जना खेलाडी तथा प्रशिक्षकलाई ट्याकसुट वितरण गर्नुभएको छ ।

दमक तेक्वान्दो डोजाङका सल्लाहकार संयोजकसमेत रहनुभएका दमक फुटबल एकाडेमीका अध्यक्ष देवानले एक कार्यक्रमवीच दुई जना तेक्वान्दो खेलाडी तथा प्रशिक्षकलाई ट्याकसुट वितरण गर्नुभएको हो ।

आज (मंगलबार) साँझ दमक–५ हरिओम कोलनीस्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्य्रालयमा देवानले दमक तेक्वान्दो डोजाङका खेलाडी तथा प्रशिक्षक आयुष धिमाल र प्रतिमा तामाङलाई २५ हजार मूल्य बराबारको ट्रयाकसुट वितरण्या गर्नुभएको हो ।

धिमालले हालै सम्पन्न काठमाण्डौंको सातदोवाटोमा आयोजित १३औं कोरियन एम्बसडर अन्तराष्ट्रिय तेक्वान्दो खुला प्रतियोगितामा ५९ केजीतर्फ काँस्य पदक जितेका थिए ।

नेपाल तेक्वान्दो डोजाङ र कोरियाली राजदुतावासले डिसेम्बर १ देखि ५ गतेसम्म अन्तराष्ट्रिय तेक्वान्दो खुला प्रतियोगिता आयोजना गरेको थियो । नेपालसहित भारत, पाकिस्तान, बंगालादेश, श्रीलंका र भुटानका तीन सय वढी खेलाडीहरुले सहभागिता जनाएको सो प्रतियोगितामा दमक तेक्वान्दो डोजाङका धिमालले काँस्य पदक जितेका हुन् ।

त्यस्तैं, प्रशिक्षक तामाङले दमक तेक्वान्दो डोजाङको टीम व्यवस्थापन र प्रशिक्षणको भूमिकामा महत्वपूर्ण योगदान पुर्याएको ठहर गर्दै ट्रयाकसुट वितरण गरिएको डोजाङका अध्यक्ष जीतबहादुर (जीतु) धिमालले जानकारी दिए ।

यसअघि, पूर्व खेलाडी देवानले दमक तेक्वान्दो डोजाङको संस्थागत विकास, प्रवर्दन र खेलाडीहरुको सीप बृद्धिविकासमा रचनात्मक सहयोग गर्दै आउनुभएको छ । ट्रयाकसुट वितरणपछि देवानले खेलाडीहरु र प्रशिक्षकहरुलाई आगामी खेलजीवनका लागि शुभकामना दिनुभएको थियो ।

सो अवसरमा डोजाङका अध्यक्ष धिमालले दमक तेक्वान्दो डोजाङले आगामी दिनका गर्ने खेलकुदका कार्यक्रमहरु र विभिन्न स्थानहरुमा हुने खेलकुदका कार्यक्रमका बारेमा जानकारी गराउँदै त्यसका लागि खेलाडी र प्रशिक्षकहरु तयारीमा रहनुपर्ने बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *