दमक, ८ पुस–दमक नजिकै पाडाजुँङ्गीस्थित लभडाँडामा रहेको रिभर भ्यु रिसोर्टमा पुस ९ गते बुधबार गायक दीपक लिम्बू र गायीका जुनु प्रसाई आउनेभएका छन् ।

रिभर भ्यु रिसोर्टले थप सेवा र सुविधा विस्तार गर्ने अवसर बनाएर सांगीतिक कार्यक्रम गर्न लागिएको सञ्चालक रुद्र कार्कीले बताए । कार्कीका अनुसार पाँच वर्ष अघि सञ्चालनमा ल्याएको रिसोर्टले आफना ग्राहकहरुका लागि थप आर्कषक सुविधासहित लज सेवा विस्तार गरेका हुन् ।

आज (मंगलबार) रिसोर्टमा पत्रकार भेटघाट गरेर गेष्ट हाउस (लज) सेवा विस्तार र पुस ९ र १० गते हुने सांगीतिक साँझ विशेष कार्यक्रमका बारेमा जानकारी गराइएको छ ।

सञ्चालक कार्कीले पुस ९ गते बुधबार चर्चित गायक दिपक लिम्बू र गायिका जुनु प्रसाईको विशेष प्रस्तुति रहने जनाए । गायकसंगै स्थानीय कलाकारहरुको समेत विशेष प्रस्तुति रहने छन् ।

कार्कीका अनुसार साँझदेखि शुरु हुने सांगीतिक उत्सवमा रमाउन चाहने ग्राहकहरुबाट कुनै शुल्क नलिने तथा खानपीनका सवै उपभोग्य बस्तुमा आर्कषक छुटको व्यवस्था गरिएको छ ।

कोभिड महामारीका समयमा परेको प्रभावका कारण सुस्ताएको होटल तथा रेष्टुरामा जोखिम हटेसंगै थप सुविधा पुरयाँउन सेवा विस्तार गरिएको सञ्चालक कार्कीको भनाई छ । उनले भने, –‘अहिले सुबिधा सम्पन्न कोठा सहितको होटल, विभिन्न स्वादका परिकार पाईने बोतल हाउस रेस्टुरेन्ट, सुबिधा सम्पन्न ब्यान्केट हल, रमाईलो र मनोरम बाल उद्दान तथा बालबालिकाका लागी स्केटिङ समेतको यहाँ सुबिधा रहेका छन् ।’

अन्य होटल ,रेष्टुराको हाराहारी मूल्यमै यहाँ गुणस्तरिय सेवा उपलव्ध गराउन प्रतिवद्ध भएको उनको दावी छ । करिव ५० करोडको लगानीमा सञ्चालनमा रहेको सो रिसोर्ट दुई विगाह क्षेत्रफलमा फैलिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *