बालेन्द्र साह

काठमाडौं, २१ पुस –काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेता भएका छन्।

रास्वपाको पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय समिति बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गर्दै वरिष्ठ नेता बनाएको हो। बालेनसहित उनको टिमबाट २६ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको छ।

बालेनलाई सभापति रवि लामिछानेपछि पार्टीको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता नियुक्त गरिएको रास्वपा स्रोतले जानकारी दियो।

बालेनको टिमबाट महामन्त्रीमा सुनिल लम्साल नियुक्त भएका छन् भने भूपदेव शाह, सस्मित पोखरेल र सागर ढकाल सचिवालय सदस्य भएका छन्।

अन्य केन्द्रीय सदस्यमा लक्ष्मण थारू, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैद्य, लक्ष्मी वरदेवा, शिव यादव, रोहन कार्की, मधुसुदन ढकाल, अनन्तराज तिमिल्सिना, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद छन्।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *