देवेन्द्र दाहाल

गौरादह, ९ माघ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र दाहाल र सहसंयोजक दिपक कार्की र मेनुका काफ्लेलाई तोकिएको छ ।

गौरादहमा आज बसेका निर्वाचन क्षेत्र नं ५ समन्वय कमिटीको आजको बैठकले ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिती गठन गरेको छ ।

संयोजक दाहाल पार्टीको पोलिटव्यूरो सदस्य हुन् । सहसंयोजक कार्की एमाले केन्द्रीय सदस्य हुन् भने काफ्ले पार्टी केन्द्रीय सदस्य हुन् । निर्वाचन परिचालनका लागि ६९ सदस्यीय सचिवालय गठन गरिएको छ ।

निर्वाचन परिचालन कमिटी मातहत रहने गरी ९ वटा उपसमिती गठन गरिएको छ । कमिटीमा निर्वाचन क्षेत्रमा घर भएका केन्द्रीय कमिटी सदस्य,केन्द्रीय आयोग, केन्द्रीय विभाग (वर्तमान र निर्वतमान) हरुलाई जिम्मेवारी दिएको छ । कमिटीमा प्रदेश कमिटी सदस्य,प्रदेश लेखा कमिटी, विभाग र सल्लाहकारहरुलार्ई पनि परिचालन कमिटीमा समेटिएको छ ।

यसैगरी, जिल्ला कमिटीका पदाधिकारी,विभागीय सदस्य,सल्लाहकार परिषदका सदस्यहरु पनि निर्वाचन परिचालन कमिटीमा छन् । यसैगरी स्थानीय र प्रदेशका निर्वाचित जनप्रतिनिधी पनि कमिटीमा रहेका छन् ।

यसैगरी जनसंगठनका केन्द्रीय, प्रदेशका पालिका कमिटीका पदाधिकारी र सदस्य पनि परिचालन कमिटीमा रहेका छन् । यसैगरी क्षेत्रीय समन्वय,प्रदेश समन्वय कमिटीहरु पनि निर्वाचन परिचालनमा केन्द्रीत हुनेछन् ।

निर्वाचन परिचालन कमिटी अन्तरगत रहने गरी गठन गरिएका ९ वटा उपसमिती मध्ये कार्यलय सञ्चालन उपसमितीको संयोजक नारयाण गौतम, प्रचार प्रसार सामग्री व्यवस्थापन उपसमिती होमबहादुर थापा, प्रचार प्रसार उपसमितीको संयोजकमा दिपक कार्की रहनु भएको छ ।

आर्थिक व्यवस्थापन उपसमितीको संयोजकमा रोमनाथ ओली, स्वंसेवक परिचालन उपसमितीको संयोजक गोविन्द थापा, प्रशासन समन्वय उपसमितीको संयोजक देवेन्द्र दाहाल रहनु भएको छ ।

यसैगरी सञ्चार÷क्षेत्र बाहिर रहेका मतदाता समन्वय उपसमितीको संयोजकमा इन्द्रप्रसाद भण्डारी, कानुनी परामर्श उपसमितीको संयोजक नारायण भट्टराई रहनु भएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *