उर्लाबारी, १३ माघ–नेपाली साहित्य समाज उर्लाबारी मोरङको आयोजनामा साहित्यकार गोपाल दहालको कविता कृति “जीवन यात्रा ” को बिमोचन गरिएको छ ।
बरिष्ट समालोचक तथा साहित्यकार प्राडा.गोविन्दराज भट्टराई, उर्लाबारी साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमी, पुस्तकका समिक्षक केशव प्रसाद रेग्मी, साहित्य कला सस्कृती प्रतिष्ठानकी अध्यक्ष भगवती ढुङ्गेल, कवीको आगन साहित्य समुहकी सदस्य लक्ष्मीअच्युत ढुङ्गाना एबम् स्वयं कृतिकार गोपाल दहालको हातबाट संयुक्त रुपमा बिमोचन गरिएको हो ।
अतिथिहरु प्रतिभा निकेदनका अध्यक्ष कमलराज भट्टराई,प्रतिभाका पुर्ब अध्यक्ष खेमलाल पोख्रेल साहित्यकला सङ्गम दमक झापाका अध्यक्ष बिन्दु दहाल मूकदर्शक, सङ्गमका उपाध्यक्ष यादवप्रसाद अधिकारी झाक्रिखोले, महासचिव ओमप्रसाद खनाल, इलाम साहित्य कला प्रतिष्ठानका अध्यक्ष जयनारायण भट्टराई , मिक्लाजुङ्ग साहित्य समाज मोरङ्गका अध्यक्ष इन्द्र प्रसाद घिमिरे आदि हुनुहुन्थ्यो ।
राधिका मा.बि .को हलमा भएको उक्त कार्यक्रममा भगवती ढुङेल, लक्ष्मी अचुत ढुंगाना मेघनाथ बन्धु आदिले बिमोचित कृतिबाट एक-एक वटा कविता बाचन गर्नु भएको थियो भने युग योगि राई, नयन श्रेष्ठ, विवेक दुलाल क्षेत्री दमक आदिले आ आफ्नो रचना प्रस्तुत गरेका थिए ।
कवि गोपाल दहालले आफ्नो कविता संग्रहबाट आफू अष्ट्रेलिया रहदा, भारत रहदा र नेपाल हुदा लेखिएका संग्रहमा सङ्ग्रहित तीन कविता बाचन गर्नु भएको थियो।हल खचाखच भरिएर लगभग साठी जना जतिको उपस्थिति निकै उत्साहद देखिन्थ्यो ।
कार्यक्रममा उपस्थिति हुने अन्य श्रष्टाहरुमा कवि तथा साहित्यकार हेम अधिकारी, पदमप्रसाद ओली, भुपेन्द्रराज तिमिल्सिना, टंक आर्चाय, कृष्ण उदाशी, दिलिप राई सगर, अम्बिका सापकोटा, कुमार पोख्रेल, टीका खड्का राष्ट्रप्रेमी, सुमन ब्राइ, मनोज बरायली लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा स्वागत भाषण रिता रिमाल र उद्घोषण युबराज काफ्लेले गरेका थिए । कार्यक्रम उर्लावारी साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमीको अध्यक्षतामा भएको थियो ।
