काठमाडौँ, १५ माघ–शहीद साप्ताह अन्तरगत आज काठमाडौंको शोभा भगवतीमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ। काठमाडौँ महानगरपालिकाको आयोजना बिहान महानगरपालिकाको वडा नम्बर १५ स्थित शोभाभगवतीमा शहीदप्रति सम्मान प्रकट गरिएको हो ।

तत्कालीन जहानियाँ राणशासन विरुद्ध आवाज उठाउने दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई वि.स १९९७ माघ १५ गते आजैका दिन शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो। विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवनको बलिदानी गरेका सहिदहरुको सम्झनामा माघ १० गतेदेखि १६ गते सम्म सहिद सप्ताह मनाइन्छ ।

माघ १० शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र प्राप्तीका लागि टेकुको पचलीमा जीवन बलिदानी दिएका थिए । राणा शासकले माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो ।

यस्तै, माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए ।

शहीद सप्ताहको अन्तिम दिन शुक्रबार शहीदको सम्झनामा मूल समारोह कार्यक्रम गर्दैछ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *