भद्रपुर, २३ माघ–झापाको भद्रपुर -१० धनुषमोडमा घाँटीमा सुई रोपेर हत्या गरिएको छ । बिहीबार साँझ ६४ वर्षीय खेमराज ढकालको सिरिन्जले घोचेर हत्या गरिएको हो ।

सिरहा विष्णुपुर गाउँपालिका-१ बस्ने २६ वर्षीय दिनेशकुमार सिंहले ढकालको घरमा गएर सुईले घोचेर गम्भीर घाइते बनाएका थिए । तत्काल उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल, भद्रपुर लगिएका ढकालको उपचारको क्रममा मृत्यु भएको थियो ।

ढकालको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । दिनेशकुमार सिंहलाई सुइसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए ।

घटनाको अनुसन्धान भइरहेको भन्दै खड्काले कारण खुल्न बाँकी रहेको बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *