काठमाडौं, २४ माघ–चर्चित अभिनेता सुनिल थापा ‘राते काइँला’ को निधन भएको छ।

वरिष्ठ अभिनेता थापाको आज (शनिबार) बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।

अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थापाको उपचारकै क्रममा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए।

उनका अनुसार परिवारका सदस्य आइपुगेपछि औपचारिक घोषणा गर्ने तयारी छ।

परिवारका अन्य सदस्यहरू भारतको मुम्बईमा बसोबास गर्दै आए पनि सुनिल थापा काठमाडौंमा अपार्टमेन्टमा बस्दै आएका थिए।

सुनिल थापाले लामो समयदेखि नेपाली तथा भारतीय फिल्ममा काम गर्दै आएका थिए।

३०० बढी नेपाली फिल्ममा अभिनय गरेका सुनिल थापा ‘राते काइँला’ भनेर समेत चिनिन्थे। फिल्म ‘चिनो’मा ‘राते काइँला’ को भूमिकामा प्रस्तुत सुनिल त्यसयता सर्वाधिक खोजिने खलपात्रको रुपमा रहेका थिए।

एभरेष्ट फिल्म एकेडेमीका अध्यक्ष समेत रहेका सुनिल पछिल्लो समय फिल्म ‘एक्लो’ मा देखिएका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *