दमक, २९ माघ–झापाको दमकस्थित डेलिया मन्टेश्वरी स्मार्ट स्कुलमा कोशी प्रदेश स्तरीय साँस्कृतिक नृत्य प्रतियोगिता हुने भएको छ ।

फागुन २ गते शनिबार राष्ट्रिय निजी तथा आवासीय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) कोशी प्रदेश समितिको आयोजनामा साँस्कृतिक नृत्य प्रतियोगिता हुने भएको हो ।

पढाइसँगै संस्कार, अनुशासन र सांस्कृतिक चेतनालाई जीवन्त बनाउने उद्देश्यका एन प्याब्सन कोशी प्रदेश समितिले कार्यक्रमको आयोजना गरिएको पत्रकार भेटघाट गरेर यस्तो जानकारी गराएको हो ।

आज (विहिबार) दमकमा पत्रकारसंग भेटघाट गरेर एन प्याब्सन कोशी प्रदेश समितिका कार्यवहाक अध्यक्ष कमल खनालले प्रदेशभरका ६ जिल्लाका २० वटा विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाउँनुहुँदैं कार्यवहाक अध्यक्ष खनालले दमक–६ मा अवस्थित डेलिया मन्टेश्वरी स्मार्ट स्कुलको प्राङ्गणमा साँस्कृतिक नृत्य प्रतियोगिता हुने र त्यसका लागि आवश्यक तयारीहरु पुरा भएको बताउनुभयो ।

कार्यवहक अध्यक्ष खनालले नेपाली मौलिक संस्कार, सँस्कृति, क्षेत्रीय र जातीय पहिचान झल्कने भेषभुषा सहितको नृत्यहरु प्रतियोगितामा प्रस्तुत हुने बताए ।

प्रतियोगितामा बिजेतासहित सहहभागिता हुने विद्यालयका कलाकारहरुको टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यवहाक अध्यक्ष खनालले जानकारी गराए ल।

पत्रकार सम्मेलनमा नेशनल प्याब्सन झापाका अध्यक्ष धर्मराज माझीले साँस्कृतिक नृत्य प्रतियोगिताबाट विद्यार्थीहरुको रुची, क्षमता र प्रतिभाको कदर गरिनुपर्ने बताए ।

अध्यक्ष माझीले विद्यार्थीहरुलाई नेपालमा बसोबास गर्ने विभिद जातजातीहरुको मौलिक साँस्कृतिक पक्षको अध्ययन गर्ने अवसर हुने बताए ।

डेलिया मन्टेश्वरी स्मार्ट स्कुलका संस्थापक प्रिन्सिपलसमेत रहनुभएका नेशनल प्याब्सन कोशी प्रदेशका कार्यक्रम संयोजक दिपक न्यौपानेले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलनमा नेशनल प्याब्सन प्रदेश समिति सदस्य सन्तोष कुमार राई, धिरज नारायण गणेश, मोरङ जिल्ला सचिव भनिरुद्र चौधरी लगायतको उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *