दमक, १ फागुन–प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नंम्बर ५ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले प्रत्यक्षतर्फ उम्मेद्वारलाई बिजय गराउन चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना गरेको छ ।

बिहिबार, दमकमा एक कार्यक्रमवीच नेकपा (माओवादी) झापाका इन्चार्ज सुमन सिंह सीले चुनाव प्रचारप्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको छ ।

सम्पर्क कार्यालय उद्घाटन समारोहका प्रमुख अतिथिसमेत रहनु भएका पार्टीका नेता, झापा इन्चार्ज सुमन सिंह सीले मुलुकमा बढ्दो भष्ट्रचार, वेथिती र अराजकतालाई सरकारले नियन्त्रण गर्न नसक्नु जेन-जी बिद्रोह भएको बताउनुभयो ।

इन्चार्ज सुमन सिंह सीले निर्वाचनपछि मुलुकको समस्याहरु क्रमश हल हुँदै जान्छ भन्ने अवस्था अहिले नदेखिएकोतर्फ मतदाताहरुलाई सचेत गराउनुभयो । पुराना ठूला दलहरु सुध्रिन नसकेको र नयाँ दलहरुले मुलुक निर्माण गर्ने स्पट नीति, कार्यक्रम र योजनाहरु ल्याउन नसकेको इन्चार्ज सुमन सिंह सीले बताउनुभयो ।

निर्वाचन नजिकिदैं छ, प्रचारप्रसारको क्रममा ठूला दलहरुले निर्वाचन आचारसंहितालाई उल्लर्घन गर्दा निर्वाचन आयोगले कानूनी दायरामा ल्याउन समेत वहाँको जोड थियो ।

त्यस्तैं, झापा ५ का उम्मेद्वार पार्टीका नेता सञ्जय सीले मुलुकलाई झनझन द्धन्द्धतर्फ धकेल्न नेपाली राजनीति पार्टी, जसले पटकपटक सक्ताको नेतृत्व गरे, त्यसै दललाई यसपटकको चुनावमा मतदान गर्न नहुने बताउनुभयो । वहाँले लामो समयमा समाजका बेथिती, अन्याय, शोषणविरुद्ध लडिरहेको बताउनुहुँदै बदलिएको राजनीति धरातलमा पुरानै सोच र मानसिकता माथि उठेर नेकपा (माओवादी) का उम्मेद्वार र गुलाफ फूलमा मतदान गर्न आग्रह गर्नुभयो ।

सोही अवसरमा पार्टीले झापा ५ का उम्मेद्वार सञ्जय राईलाई बिजय गराउन विभिन्न समितिहरु गठन गरेका छन् । चुनाव प्रचारप्रसारलाई व्यवस्थित गर्दै पालिकास्तरीय र वडा तहसम्म प्रभावकारी बनाउन सुवास सीको नेतृत्वमा १ सय ५१ जना रहेको चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ ।

चुनाव प्रचारप्रसार तथा सम्पर्क कार्यालयलाई व्यवस्थित र नियमित बनाउँन जनसम्पर्क तथा युवा परिचालन समितिको संयोजकमा विज्ञान सी रहनुभएको छ । त्यसैगरी, अर्जुन सीको नेतृत्वमा आर्थिक विभाग समिति गठन गरिएको छ ।

सम्पर्क कार्यालय उद्घाटनमा झापा ५ का उम्मेद्वार सञ्जय सी, पार्टी केन्द्रीय सदस्य तथा झापा २ का उम्मेद्वार अर्जुन सी, केन्द्रीय सदस्य सुवासी, विज्ञान सी लगायतका पार्टीका नेताहरुको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *