काठमाडौं, ४ फागुन–उज्यालो नेपाल पार्टीले फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ।
अध्यक्ष कुलमान घिसिङले चुनावी प्रतिवद्धता पत्र घोषणा गरेका हुन्। प्रतिवद्धता पत्रमा उज्यालो नेपाल पार्टीले संघ र प्रदेशका सांसदको संख्या घटाउने प्रस्ताव गरेको छ।
प्रतिनिधिसभा सदस्य संख्या २ सय ७५ बाट घटाएर २ सय १ र प्रदेशसभा सदस्यको संख्या कूल ५ सय ५० बाट ३ सय ३० कायम गर्न प्रस्ताव गर्ने घोषणा सो पार्टीले गरेको छ।
मन्त्रालयको संख्या पनि संघमा २५ बाट घटाएर १५ तथा प्रदेशमा ५ देखि ७ वटामा सिमित गर्ने प्रस्ताव चुनावी प्रतिवद्धता पत्रमा उल्लेख छ।
उज्यालो नेपाल पार्टीले प्रदेश सरकारको स्थायित्वका लागि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने र स्थानीय निर्वाचन दलिवहीन बनाउने प्रस्ताव गरेको छ।
