डुडामारी (शिबसताक्षी), ५ फागुन–झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत विद्यालयले ५२औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।
आज (मंगलबार) विद्यालय परिसरमा आयोजना गरिएको वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन शिबसताक्षी नगरपालिकाका नगर प्रमुख मेघाहाङ थोप्राले गर्नुभएको थियो । नगर प्रमुखले पानसमा दीपप्रजज्वलन गरेर बालसेवा आधारभूत विद्यालयको ५२औं वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्नुभएको हो ।
वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहका प्रमुख अतिथिसमेत रहनुभएका नगर प्रमुख थोप्राले विद्यालयले छोटो समयमा शैक्षिक सुधारका लागि देखाएको रचनात्मक गतिविधि र प्रगतीको प्रशंषा व्यक्त गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनको अध्यक्षतामा ५२औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरिएको थियो । त्यसवीचमा विद्यालयमा विभिन्न शिक्षा क्षेत्रका सुधार र प्रगतिका लागि दाताहरु र दानवीरले स्थापना गरिएको अक्षयकोषबाट विद्यार्थीलाई छात्रवृति वितरण गरिएको थियो ।
नयाँ शिक्षकलाई स्वागत
बाल सेवा आधारभूत विद्यालयमा सरुवा भएर भरखरै मात्र आउनुभएका शिक्षक तुलसी प्रसाद श्रेष्ठलाई ीजाथत गरिएको छ । शिक्षक श्रेष्ठलाई विद्यालयका प्रधानाध्यमपक वेणु कार्की र अध्यक्ष गोविन ल्वागुनले अविरसहित ढाका टोपी पहिराएर स्वागत गरेका थिए ।
शिक्षक सम्मान तथा बिदाई
विद्यालयमा निजी श्रोतबाट लामो समयसम्म अध्यापन गरेर अवकास हुनुहुने शिक्षिका कृष्णमाया आङ्बोलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तैं, विद्यालयमका पूर्व सहायक प्रधानाध्यापक बमबहादुर बुढाथोकीलाई पनि दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।
सरस्वती मन्दिर निर्माण
विद्यालय परिसरमा ज्ञानकी देवी सरस्वती माताको पूर्णकदको प्रतिमासहित मन्दिर निर्माण गर्ने प्रतिवद्धता गर्नुहुने अभिभावक खडानन्द रेग्मी र चित्र शेर्मासहित वहाँकी धर्मपत्नि भुवनकुमारी शेर्मालाई समारोहमा सम्मान गरिएको थियो ।
दाता रेग्मीले सरस्वती माताको पूर्णकदको प्रतिमासहित मन्दिर निर्माणमा रु चार लाख बराबरको खर्च उपलब्ध गर्ने र शेर्मा दम्पतीले आजै रु ५० हजार प्रदान गरेका छन् । भुवनकुमारी शेर्मा विद्यालय व्यवस्थापन समितिक सदस्य हुन् ।
विद्यालय प्रधानाध्यापक वेणुप्रसाद कार्कीले बालसेवा व्रिद्यालयको स्थापनाकालदेखि हालसम्मका अवस्था, त्यसभित्रका शब्द चित्रण र प्रगति, समस्या, चुनौतीका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सो समारोहमा विद्यालयका संस्थापक एबम् हाल विद्यालय व्यवस्थापन सल्लाहकार समिति संयोजक जीतेन्द्रराज चेम्जोङ, नगर शिक्षा शाखा अधिकृत छविलाल ढकाल, अरुणोदय आधारभुत विद्यालय (शिबसताक्षी–८) का प्रधानध्यापक तारा लावती, भानु माध्यमिक विद्यालय (शिबसताक्षी–७ लालझोडा) का प्रधानाध्यमपक डामकुमार कँवर, शान्ति आधारभुत विद्यालय (शिबसताक्षी–३ कमलझोडा) का प्रधानाध्यापक विष्णुकुमार भट्टराई, राष्ट्रिय रमर्णिय आर्दश माध्यमिक विद्यालय (शिबसताक्षी–११ दुधे) का प्रधानाध्यापक गिरिराज शेर्मा, मोती माध्यमिक विद्यालय (शिबसताक्षी–२ मंगलबारे) का प्रधानाध्यापक लोकबहादुर लावती, भगवती माध्यमिक विद्यालय (हिशबसताक्षी–७ ब्याङडाडा) का प्रधानाध्यापक रमेश दाहाल, भगवती आधारभुत विद्यालय (शिबसताक्षी–८ डुडामारी) का प्रधानाध्यापक टेकबहादुर मगरको उपस्थिथि थियो ।
त्यस्तैं, स्वर्गीय सुजना शेर्मा स्मृति अक्षयकोष पिता भवानी र माता अम्बिका शर्मा, स्वर्गीय धनवर्ण हंसमाया स्मृति अक्षयकोषका जीतेन्द्रराज चेम्जोङ, स्वर्गीय धनकुमार रणमाया शेर्मा स्मृति अक्षयकोषका प्रेम शेर्मा, दीपक शेर्मा, स्वर्गीय अम्बर शेर्मा स्मृति अक्षयकोषका बुधराज शेर्मा (चपेता), स्वर्गीय तारा प्रसाद कार्की स्मृति अक्षयकोषका अभिमाया कार्की, स्वर्गीय सकिला स्मृति अक्षयकोषका गणेश शेर्मा छन् ।
विद्यालय वस खरिदका दाताहरुलाई सम्मान
विद्यालयमा विद्यार्थीहरुलाई सहजताका लागि स्कुल वस खरिद अभियान सञ्चालन गरिएको थियो । विद्यालयका पूर्व विद्यार्थीहरु, अभिभावकहरु, विद्यालयका शुभेच्छुक, शिक्षासेवीहरु र शिक्षक शिक्षिकाहरु, पूर्व शिक्षक शिक्षिकाहरुले सङ्कलन गरिएको रुपैयाबाट अघिल्लो शैषिक वर्ष विद्यालयका स्कुल वस खरिद गरिएको हो ।
स्कुल वस खरिदमा आर्थिक सहयोग गर्ने दाताहरुलाई समारोहमा सम्मानपत्र प्रदान गरिएको छ ।
बयोवृद्ध सम्मान
विद्यालयले ५२औं वार्षिकोत्सव समारोहमा स्थानीय जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । विगतमा विद्यालयको गतिविधिहरुमा योगदान पुर्याएको भन्दै बयोवृद्धहरुलाई सम्मान गरिएको हो ।
प्रधानाध्यापक र अध्यक्ष सम्मानित
विद्यालयको प्रशासनिक नेतृत्वमा योगदान पुर्याएको भन्दै विद्यालयका प्रधानाध्यापक वेणु कार्कीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक काकीलाई सम्मान गरेको हो ।
त्यस्तैं, विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारमिा रहेर विद्यालयको विकास र हितका लागि योगदान गर्नुहुने गोविन ल्वागुनलाई सम्मान गरिएको थियो । विद्यालय शिक्षक तथा शिक्षिकाहरुको तर्फबाट अध्यक्ष ल्वागुनलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको हो । ल्वागुन विद्यालयका पूर्व विद्यार्थी हुन् । पत्रकारिता र समाजिक सेवामा सक्रिय ल्वागुन विद्यालयका दुई कार्याकाल अध्यषको नेतृत्व गरिरहेका छन् ।
सोही अवसरमा विद्यालयका विद्यार्थीहरुले लिम्बु भाषा र मारुनी गीतसहित लोक साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए ।





