फिदिम, १४ फागुन–जिल्ला प्रशासन कार्यालय पाँचथरले फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जथाभावी ड्रोन नउडाउन आग्रह गरेको छ ।

अनुमति लिएका ड्रोनसमेत यो समयमा उडाउन नपाइने जिल्ला प्रशासन कार्यालय पाँचथरले सार्वजनिक सूचना जारी गरेर जानकारी गराएको हो ।

प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले विज्ञप्ति मार्फत फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सुरक्षाको दृष्टि संवेदनशीलतालाई ख्याल गर्दै यस्तो निर्णय गरिएको बताए ।

उनका अनुसार प्रशासनबाट सञ्चालन अनुमति लिएका ड्रोनहरू फागुन १८ गतेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नभएसम्मका लागि जिल्लाभित्र कुनै पनि स्थानमा उडान गर्न पाइने छैन् ।

प्रशासनले सम्बन्धित सबै पक्षलाई निर्णयको पालना गर्न आग्रह गरेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *