धरमपुर, १६ फागुन–नेपाली कांग्रेस पार्टीबाट झापा ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार देउमान थेबेले शिबसताक्षी–३ को वडास्तरीय चुनवाी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा सहभागिता जनाउनुभएको छ ।
वडा भित्रका विभिन्न गाउँ तथा टोलहरुमा आयोजित मतदाताको घरदैलो पुगेर स्थानीय समस्याका बारेमा चासो र चिन्ता व्यक्त गर्नुभएको छ ।
उम्मेदवार थेबेले वडामा पर्ने भर्लिचन, कमलधाप, कमलझोडा, गुम्बा टोल, दोभान लगायतका क्षेत्रमा कमल र बनियानी खोलाले वर्षेनी पुर्याउँदै आएको डुबान र कटानका बारेमासमेत चासो लिनुभएको थियो ।
कांगेस झापाका सभापति समेत रहनुभएको थेबेले पाराबारी बजारदेखि पश्चिम भर्लिचनदेखि दक्षिण कमलधापसम्मको खेती योग्य भूभागलाई बचाउन कमल खोलामा बाँकी रहेको तटबन्ध गर्ने कार्यलाई निरन्तता दिने बताउनुभयो । वहाँले यसअघि सो क्षेत्रमा निर्माण भएको तटबन्धन कार्यमा कांग्रेस नेतृत्वको सरकारले छुट्याएको बजेटबाट भएको जानकारी दिनुभयो ।
म हिजो जनप्रतिनिधि नहुँदापनि जनताका पक्षमा जिल्लादेखि प्रदेश र केन्द्रस्तरसम्म पहलकदमी गरे, उम्मेद्वार थेबेले भने–’एकपटक अवसर दिनुहोस, म नदी नियन्त्रण र कृषि, रोजगार, पूर्वाधारतर्फ सडकदेखि स्वास्थ्य, शिक्षा र सुरक्षाका क्षेत्रमा चमत्कारीका साथ काम गरेर देखाउनेछु ।’
सो घरदैलो कार्यक्रममा स्थानीयले उठाएका समस्या र आवश्यत्ताका बारेमा समाधान गर्न सकिने उपायका बारेमा उम्मेदवार थेबेले छलफल र अन्तरक्रिया गर्नुभएको थियो । स्थानीयसंगको भेटघाटमा कांग्रेस उम्मेदवार थेबेले झापा ४ मा पटकपटक एउटै नेता वा जनप्रतिनि निर्वाचित भएर संसदमा पुग्ने अवसर यसपटक अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो ।
वहाँले मांग्रेस नयाँ नेतृत्व, नयाँ बिचार, दृष्ट्रिकोण र नीति कार्यक्रमसहित जनतावीचमा चुनावी अभियान गरिरहेको बताउनुहुँदै यसपटक रुख चिन्हमा मतदान गर्न शिबसताक्षीवासीहरुलाई आग्रह गर्नुभयो ।
घरदैलो कार्यक्रममा पार्टीका महासमिति सदस्य मछिन्द्र शेर्मा, प्रदेश क्षेत्रीय झापा ४ (क) सभापति बिनोद ढकाल, नगर सभापति अशोक बस्नेत, नेता तुला बोखिमलगायतका नेता तथा कार्यकर्ताहरुको ठूलो संख्यामा उपस्थिती थियो ।
