फाइल तस्विरः रञ्जित तामाङ

दमक, १६ फागुन–फागुन २१ मा हुने प्रनिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत झापा–५ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङले केपी शर्मा ओलीले आफुलाई सहयोग गर्नुपर्ने वताएका छन् ।

आज (शनिबार)  दमकमा नेकपा झापा–५ मूल निर्वाचन परिचालन समितिद्वारा आयोजित पत्रकार पत्रकार सम्मेलनमा उम्मेदवार तामाङले ओलीलाई वाम आन्दोलनको पक्षमा उभिएर आफूलाई सहयोग गर्न सुझाव दिए ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एबम् झापा इन्चार्जसमेत रहनुभएका उम्मेदवार तामाङले भने–‘जोसुकैले सहयोग गरेपनि ओली ज्यू तपाईले चुनाव जित्नुहुन्न। त्यसैले, वाम आन्दोलनको रक्षाका लागि तपाईले हामीलाई सहयोग गर्नुपर्छ।’

पत्रकार सम्मेलनमा तामाङले भने–‘हाम्रो पक्षमा दिनप्रतिदिन उत्साह, उर्जा र विजयको माहौल वढिरहादा पराजित मानसिकता वोकेका विभिन्न शक्तिहरुले गठबन्धनको नाममा फैलाएका तथ्यहिन र भ्रामक दुष्प्रचारप्रति घोर आपत्ति प्रकट गर्दछौं।’ तामाङले ओली र वालेन समूहले आचारसंहिता उल्लङ्घन गरेकोमा आपत्ति प्रकट गरे ।

उनले भने–‘ निर्वाचन परिणामलाई प्रभावित गर्ने मनशायले सत्ता र शक्तिको आडमा वजेट, योजना र अनेक प्रलोभनका पोका छरेर गरिएका सवै खाले आचारसंहिता विरोधी हर्कतको घोर निन्दा र भत्र्सना गर्दै त्यसखालका क्रियाकलाप तत्काल रोक्न आग्रह गर्दछौं।’ तामाङले रास्वपा सभापति र बरिष्ठ नेताद्वारा अमुक देशका प्रधानमन्त्रीलाई सहयोगको याचना गरिएको भनिएका खबरहरु स्वयं रवि लामिछाने र वालेन्द्र शाहले खण्डन गर्नुपर्न वताएका छन्।

तामाङले एमाले कार्यकर्ताहरूबाट पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणको पनि निन्दा गरेका छन्। ‘रिपोर्टिङको सिलशिलामा झापाको कमल गाउँपालिकास्थित जीवनचौकमा पुगेका पत्रकार अर्जुन आचार्यमाथि एमाले निकट नेसनल भोलिन्टियर्स फोर्सका कार्यकर्तावाट गरिएको सांघातिक हमलाको घोर भत्र्सना गर्दै दोषीलाई कडा कार्वाहीको माग गर्दछु’ उनले भने ।

पत्रकार सम्मेलनमा नेकपा झापा ५ का चुनावी कमाण्डर सुरेन्द्र बस्नेतले ओली र वालेन दुवैले ब्यापक आचारसंहिता उल्लङ्घन गरेर मुठभेड निम्त्याउन खोजेको बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *