काठमाडौँ, २६ फागुन–फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मङ्गलबार साँझसम्म एक करोड पाँच लाख ८३ हजार ३८७ मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगको मतगणना अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो, नेपाली कम्युनिस्ट पार्टी चौथो, श्रम संस्कृति पार्टी पाँचौं र राष्ट्रिय प्रजातन्त्र पार्टी छैठौं हुने निश्चित भएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५२ मा राष्ट्रिय दलको मान्यता सम्बन्धी व्यवस्था छ ।

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सो व्यवस्था अनुसार प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेछ ।

निर्वाचन अयोगको मतपरिणाम अनुसार एक करोड पाँच लाखभन्दा बढी मतगणना हुँदा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५० लाखभन्दा बढी मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । नेकपा ९एमाले० ले १४ लाखभन्दा बढी मत प्राप्त गरेको छ । नेकपाले साढे सात लाखभन्दा बढी मत प्राप्त गरेको छ ।

श्रम संस्कृतिले साढे तीन लाखभन्दा बढी मत प्राप्त गरेको छ । यसैगरी, राप्रपाले तीन लाख २७ हजार मत प्राप्त गरेको छ ।

प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को परिच्छेद(५ मा ‘उम्मेदवारको छनौट प्रक्रिया’ अन्तर्गत दफा ३३ मा ‘सीटको बाँडफाँड गर्ने’ व्यवस्था छ । सो निर्देशिकाको दफा ३४ मा ‘मत परिणाम विभाजक सूत्र’ छ ।

कोशी

कोशी प्रदेशमा समानुपातिकतर्फ रास्वपाले आठ लाख ३७ हजार २४३ मत प्राप्त गरी गरेको छ ।

कांग्रेसले दुई लाख ७९ हजार ७३८, एमालेले दुई लाख ७७ हजार ८२२, श्रम संस्कृतिले दुई लाख ७७ हजार ६७, नेकपाले ९३ लाख ५४८ र राप्रपाले ६१ हजार ९०२ मत प्राप्त गरेको छ ।

मधेस

मधेस प्रदेशमा यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा जसपा नेपाल राष्ट्रिय दल बन्न सकेन । यद्दपि, यस प्रदेशमा जसपा नेपाल समानुपातिकतर्फ चौथो स्थानमा छ । मधेसमा रास्वपाले १२ लाख २२ हजार ५०४ मत प्राप्त गरेको छ ।

कांग्रेसले दुई लाख ७१ हजार १९१, एमालेले एक लाख ७८ हजार ६४२, जनता समाजवादी पार्टी नेपालले एक लाख २८ हजार ८८४ र नेपाली कम्युनिस्ट पार्टीले ९६ हजार ५७९ मत प्राप्त गरेको छ ।

बागमती

बागमती प्रदेशमा राष्ट्रिय दल नबनेको राष्ट्रिय परिवर्तन पार्टी पाँचौं स्थानमा छ ।

यस प्रदेशमा रास्वपाले ११ लाख १९ हजार २७०, कांग्रेसले तीन लाख २१ हजार १०६, एमालेले दुई लाख ६१ हजार ८९७, नेकपाले एक लाख ८८ हजार १८२, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख १६ हजार ५५२ र राप्रपाले ७६ हजार ५२१ मत प्राप्त गरेको छ ।

गण्डकी

गण्डकी प्रदेशमा रास्वपाले चार लाख ९९ हजार ९२१ मत प्राप्त गरेको छ ।

कांग्रेसले एक लाख ९७ हजार ४३१, एमालेले एक लाख ४९ हजार ६९८, नेकपाले ४७ हजार ३९२, राप्रपाले २३ हजार ६९ र श्रम संस्कृति पार्टीले १८ हजार ४६१ मत प्राप्त गरेको छ ।

लुम्बिनी

लुम्बिनीमा रास्वपाले ९ लाख २५ हजार ५३ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले तीन लाख २२ हजार १२३, एमालेले दुई लाख ९३ हजार ९६५, नेकपाले एक लाख ५० हजार ४७०, राप्रपाले ७९ लाख ७७२, जसपा नेपालले २५ हजार ४२६ र श्रम संस्कृतिले २३ हजार ३७६ मत प्राप्त गरेको छ ।

कर्णाली

कर्णालीमा रास्वपाले एक लाख ३३ हजार ७४९ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले एक लाख ४१ हजार २३३, एमालेले एक लाख २० हजार ८६३, नेकपाले एक लाख सात हजार १०१, राप्रपाले १५ हजार ७५५ मत प्राप्त गरेका छन् ।

सुदूरपश्चिम

सुदूरपश्चिममा रास्वपाले तीन लाख १७ हजार ८३६, कांग्रेसले एक लाख ८२ हजार ८४२, एमालेले एक लाख ४७ हजार ९०९ मत प्राप्त गरेको छ ।

नेकपाले ९७ हजार ८८५, राप्रपाले ३६ हजार २६३, राष्ट्रिय मुक्ति पार्टी नेपालरजनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपालको एकल चिन्ह चकिया (जाँतो) ले २३ हजार ९९२ र श्रम संस्कृतिले पाँच हजार ३०५ मत प्राप्त गरेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *