निस्कल राई

दमक, २६ फागुन–इलाम–१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई विजयी भएका छन्।

कांग्रेस, श्रम संस्कृति पार्टी र नेकपा एमालेबीच भएको कडा प्रतिस्पर्धामा राईले अन्ततः अग्रता कायम गर्दै जीत हात पारेका हुन्।

निर्वाचन परिणामअनुसार राईले १४ हजार ५४३ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार ६३२ मत ल्याउँदै दोस्रो स्थान हासिल गरे।

नेकपा एमालेका उम्मेदवार काजीमान कागतेले ११ हजार ९६६ मत प्राप्त गरी तेस्रो स्थानमा सीमित भए।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६० मत पाए भने नेपाली कम्युनिस्ट पार्टीका रनबहादुर राईले ७ हजार ६६५ मत प्राप्त गर्दै पाँचौँ स्थानमा रहे।

यस क्षेत्रको परिणामले इलाम–१ मा प्रमुख दलबीच कडा प्रतिस्पर्धा देखिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *