रविलक्ष्मी चित्रकार

काठमाडौँ, २८ फागुन–भदौ २४ गते जेनजी आन्दोलनको क्रममा रविलक्ष्मी चित्रकारमाथि आगजनी गर्ने एक युवकविरुद्ध मुद्दा दर्ता भएको छ ।

प्रहरी वृत्त स्वयम्भूले चित्रकार र उनको निवासमा आगजनी गरेको आरोपमा बझाङको जयपृथ्वी नगरपालिका–११ घर भएका ३६ वर्षीय दिलबहादुर खातीविरुद्ध ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा मुद्दा दर्ता गरेको जनाएको छ । प्रहरीले आगजनीमा १० करोड २४ लाख ५० हजार रुपैयाँ बराबर क्षति भएको भन्दै क्षतिपूर्ती माग समेत गरेको छ।

चित्रकार पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती हुन् । २४ भदौमा काठमाडौँको डल्लुस्थित घरमा भएको आगजनी घटनामा उनी गम्भीर घाइते भएकी थिइन् र तत्काल कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएकी थिइन्। उपचारको क्रममा उनको देब्रे हात काटिएको थियो।

बर्न अस्पतालको आईसीयूमा लामो समय उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको थियो, तर त्यसबीच निमोनियाको संक्रमण फैलिन थालेको थियो। त्यसपछि उनलाई असोज ७ गते भारत लगिएको थियो।

भारतको एपोलो अस्पतालमा तीन महिना लामो उपचारपछि उनी निको भएकी थिइन् । ७० वर्षीया चित्रकारको शरीरको करिब १७ प्रतिशत भाग जलेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *