काठमाडौँ, २८ फागुन–कोशी प्रदेशको समानुपातिक मत परिणाममा श्रम संस्कृति पार्टी कांग्रेस र एमालेलाई पछि पार्दै दोस्रो ठूलो दल बनेको छ ।

कोशीमा समानुपातिकतर्फको मत परिणाममा कांग्रेस तेस्रो तथा एमाले चौथो दल बनेको हो । २१ फागुनमा भएको निर्वाचनमा प्राप्त मतअनुसार एमाले चौथो स्थानमा परेको हो ।

समानुपातिकतर्फ ८ लाख ५३ हजार १८३ मत ल्याएर रास्वपा पहिलो दल बनेको छ। दोस्रो स्थानमा रहेको श्रम संस्कृति पार्टीले २ लाख ९२ हजार ४९ मत प्राप्त गरेको छ भने २ लाख ९० हजार ५६२ मतसहित नेपाली कांग्रेस तेस्रो स्थानमा रहेको छ ।

चौथो स्थानमा रहेको नेकपा एमालेले समानुपातिकतर्फ २ लाख ८८ हजार १८६ मत प्राप्त गरेको छ।

कोशी प्रदेशमा प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्र छन् । तीमध्ये एमालेले चार क्षेत्रमा जित हासिल गरेको छ । अन्य आठ–आठ क्षेत्रमा एमालेका उम्मेदवार दोस्रो र तेस्रो स्थानमा रहेका छन् भने ६ क्षेत्रमा चौथो र दुई क्षेत्रमा पाँचौँ स्थानमा रहेका छन् ।

यी सबै क्षेत्रमा प्रत्यक्षतर्फ एमालेका उम्मेदवारले पाएको मत जोड्दा ३ लाख २१ हजार ७१७ पुग्छ। यो संख्या समानुपातिकतर्फ एमालेले पाएको कुल मतभन्दा बढी हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *