प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं, १ चैत–प्रधानमन्त्री सुशीला कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओली चुनावमा पराजित होलान् भनेर आफूले नसोचेको बताएकी छिन्।

राष्ट्रिय समाचार समिति (रासस) की कालिका खड्कालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीलेले भनेकी छिन्, ‘अहिलेको मतपरिणाम युवाको हो । जेनजी आन्दोलनको असर पनि हो । परिर्वतनको चाहना पनि हो । तर पुराना दलले पनि आत्तिनुपर्दैन । नयाँले मात्तिनु पर्दैन । हामीले पनि नसोचेको भयो । मैले त ओली जी हार्नुहोला भन्ने सोचेको पनि थिइनँ ।’

अन्तिम भेटमा आफूले ओलीलाई भोटबारे रोचक कुरा गरेको पनि प्रधानमन्त्री कार्कीले उल्लेख गरेकी छिन् । भनेकी छिन्, उहाँको ३०/४० वर्ष राजनीति गरेको ठाउँ, उहाँको इष्टमित्र सबै भएको ठाउँ हो । अन्तिममा भेट्दा मैले ओलीजीलाई भनेको थिएँ । राजनीतिमा कस्तो हुन्छ भने मेरा परिवारका मानिस पनि कांग्रेस छन् । वर्षभरि पार्टीलाई धारे हात लाउँछन् तर भोट दिनेबेलामा त्यसैलाई दिन्छन् । तपाईंलाई भोट दिन्छन् भनेको थिएँ । त्यस्तो होला भन्ने त मलाई पनि लागेको थिए । जनताले दिएको मतलाई सम्मान गर्नुपर्छ ।’

उनले जनताले दिएको मतको सम्मान गर्न सबै दललाई आग्रह गरे। भनेकी छिन्, ‘रास्वपाले पाएको मतको सम्मान गर्नुपर्छ । विपक्षीले थोरै मत पाएको भए पनि रास्वपाले त्यसलाई सम्मान गर्नुपर्छ । राजनीतिमा निर्वाचन नभएसम्म यो पार्टी र त्यो पार्टी हुन्छ । निर्वाचनपछि अल्पमतलाई पनि जित्नेले बेवास्ता गर्नुहुँदैन । पुराना पार्टीलाई रास्वपाले सम्मान गर्नुपर्छ ।

सत्तापक्षले गलत गरेमा प्रतिपक्षले विरोध गर्नुपर्छ । राजनीति भनेको सामाजिक सेवा हो । भारतमा इन्दिरा गान्धीले त्यसैगरी हार्नुभएको थियो, पछि जित्नुभयो । नेपालका परिपक्व भएका नेतालाई जनताले बिर्सिँदैनन् । आज एउटा लहर आएको हो, भोलि अर्को आउन पनि सक्छ ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *