डा-महावीर पुन

काठमाडौं, २ चैत–पूर्वमन्त्री तथा नवनिर्वाचित स्वतन्त्र सांसद डाक्टर महावीर पुनले प्रधानमन्त्री सुशीला कार्कीले गरेको नियुक्ति गलत भएको भन्दै सच्याउन सुझाव दिएका छन् ।

निर्वाचन गराएर बाहिरिने क्रममा प्रधानमन्त्री कार्कीले आइतबार आफ्नै प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गरेकी थिइन्।

यसअघि पनि विवादमा तानिएका श्रेष्ठलाई आकर्षक पदमा नियुक्त गरेपछि पुनः आलोचना सुरु भएको छ । सोही विषयमा टिप्पणी गर्दै कार्कीकै क्याबिनेटमा मन्त्री रहिसकेका डाक्टर पुनले उक्त निर्णयलाई पूर्णतः गलत बताएका हुन् ।

‘प्रधानमन्त्रीज्यूले राषट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखको पदमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई गरेको नियुक्ति १०० प्रतिशत गलत हो’, उनले लेखेका छन्।

पुनले नियुक्त भएका आदर्श श्रेष्ठलाई पनि सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीको इज्जत धुलोमा मिसिन नदिन पद नलिन सुझाव दिएका छन् ।

यस्तै नातावाद र कृपावादका कारण पुराना दलहरू कमजोर बनेको उल्लेख गर्दै उनले यस्तै अभ्यास दोहोरिए नयाँ दलहरू पनि भविष्यमा कमजोर बन्न सक्ने टिप्पणी गरेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *