ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्साल

दमक, ४ चैत–ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्साल फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ईलाका प्रहरी कार्यालय दमकका डिएसपी किशोर लम्साललाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।

डिएसपी किशोर लम्सालले फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा अतिसंबेदनशील निर्वाचन क्षेत्र झापा-५  मा शान्ति सुरक्षा तथा अमनचयन कायम गरी कुनै पनि घटना घट्न नदिई निर्वाचन सम्पन्न गराउन सफल भएको, जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियारहरु र हिरासतबाट भागी फरार भएका १९ जना प्रतिवादीहरु पक्राउ गर्न सफल भएको भन्दै सर्वोत्कृष्ठ प्रहरी घोषणा गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

फागुन महिनामा जम्मा ३५ वटा मुद्दा दर्ता भएकोमा जेनजी आन्दोलनसँग सम्बन्धित १० वटा मुद्दा दर्ता भई १० वटा नै फछ्र्यौट भएको, जेनजी आन्दोलनमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकलाई स्थानीय निकाय, विभिन्न संघ संस्था तथा स्थानीयबासीहरूसँग समन्वय र सहकार्य गरी भवनहरू पूर्ण रुपमा मर्मत, फर्निचर तथा विद्युतीय उपकरणहरू पर्याप्त मात्रामा कार्यालयलाई उपलब्ध गराउने कार्यमा निरन्तरता दिई नेतृत्वदायी भुमिका निर्वाह गरि आम नागरिकहरु र जनमानसमा शान्ति सुरक्षाको अनुभुति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट बहन गर्न सफल भएकाले फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको जनाइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *