गोकुल बाँस्कोटा

काठमाडौं, ४ चैत–नेकपा (एमाले) का नेता तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी सफलता जनताको विश्वासको परिणाम भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत नेता बाँस्कोटाले अब सरकार सञ्चालन गर्ने जिम्मेवारी रास्वपाकै भएको उल्लेख गरेका छन्।

पूर्व मन्त्रीसमेत रहनुभएका नेता बाँस्कोटाका अनुसार नयाँ सरकारले काम सुरु गरेको कम्तीमा तीन महिनासम्म अन्य दल वा पक्षबाट आलोचना गर्नु उपयुक्त हुँदैन। उनले सरकारलाई काम गर्ने वातावरण दिनुपर्नेमा जोड दिएका छन्।

बाँस्कोटाले जनता सधैँ साझा रहने बताउँदै यसपटक भने रास्वपाले जनताको रोजाइ पाएको उल्लेख गरेका छन्। उनले मतदाताले रास्वपाका वाचा पत्याएको भन्दै अनावश्यक विवाद र आरोप–प्रत्यारोपमा नअल्झिन आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘रास्वपाले चुनाव जित्यो। चलाउँछन् कसरीरु त्यो उनीहरूकै कुरा। नयाँ सरकारले काम थालेको तीन महिनासम्म अरुले केही बोल्नु नै बेकार हो। जनता साझा थिए, छन र हुने नै छन्। फरक कति मात्र हो भने आम जनताको रोजाईमा यस पल्ट उनीहरु परे, अझ यसो भनौँ उनका वाचा जनताले पत्याए। खाँबो चिथोर्न बन्द गरे हुने !’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *