काठमाडौँ, ४ चैत–पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि भएको आधिकारिक तथ्यांकले बुधबार देखाएको छ ।

रोजगारी तथ्यांक मन्त्रालयका अनुसार १५ वर्ष वा सोभन्दा बढी उमेरका बेरोजगारको संख्या दुई लाख ३४ हजार अर्थात् ०।८ प्रतिशतले बढेर फेब्रुअरीमा दुई करोड ८४ लाख १३ हजार पुगेको छ।

यो गत वर्ष सेप्टेम्बरपछि सबैभन्दा तीव्र वृद्धि हो भने जनवरीदेखि लगातार १४औँ महिनामा वृद्धि जारी रहेको जनाइएको छ।

समग्र रोजगारी वृद्धिमा ६० वर्ष वा सोभन्दा बढी उमेर समूहमा फेब्रुअरीमा दुई लाख ८७ हजारले वृद्धि भएको छ। ३० र ५० वर्ष उमेर समूहको क्रमशः ८६ हजार र ६ हजारले रोजगारी बढेको तथ्यांकमा देखाइएको छ।

तर, २० वर्ष उमेर समूहको रोजगारीमा एक लाख ६३ हजारले कमी आएको छ भने ४० वर्ष उमेर समूहमा रोजगारी अपरिवर्तित रहेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *