दमक, ७ चैत–झापाको दमकस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यहरुलाई एक दिने तीर्थ यात्रा गराएका छन् ।
शुक्रबार, दमकसहित चारवटै सेवा केन्द्रका जेष्ठ सदस्यहरुलाई मोरङ र सुनसरीका धार्मीक शक्तिपीठ तथा मठ मन्दिरहरुको अवोलकन गराइएको हो ।
संस्थाले जेष्ठ सदस्यहरुका लागि प्रत्येक वर्ष तीर्थ यात्राको आयोजना गरिआएको र यसवर्षसमेत गरेर चौथो पटकको कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष बुद्धिसागर (बिमल) बरालले जानकारी दिनुभयो ।
अध्यक्ष बरालका अनुसार मूख्य काार्यलय दमकसहित सेवा केन्द्रहरु सुरुङ्गा, झिलझिले, गौरादह र उर्लाबारी (मोरङ) का ७० जना जेष्ठ सदस्यहरु र कर्मचारीहरुलाई तीर्थटन गराएको हो ।

संस्थाका सहायक व्यवस्थापक ध्रूूबप्रसाद अधिकारीका अनुसार जेष्ठ सदस्यहरुवीच चिनजान, भृटघाट, अनुभवहरु आदानप्रदान, धार्मीक तथा साँस्कृतिक पक्षको जानकारी गराउने उदेश्यले एक दिने तीर्थ याात्रा कार्यक्रमको आयोजना गरिएको हो ।
सो क्रममा मोरङको रंगेलीस्थित संसारी माता मन्दिर, काली माता मन्दिर र सुनसरीको इटहरुमिा अवस्थित नयाँ बृन्दाबन लगायतका शक्ति पीठहरुको दर्शन तथा अवोलकन गराइएको हो ।
शक्ति पीठ तथा मठ मन्दिरहरुको भ्रमणका वीच जेष्ठ सदस्यहरुले भजन कृतन गनर््ुका साथै नृत्य प्रस्तुत गरेर मनोरञ्जना गरिएका थिए ।
तीर्थ यात्राको क्रममा जेष्ठ सदस्यहरुलाई विभिन्न स्थानमा चिया तथा खाजासहित दिवा भोजनको व्यवस्थापन संस्थाले उपलब्ध गराइएको संस्थाले जनाएको छ । यस कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने भएको छ ।

