काठमाडौं, ७ चैत–उज्यालो नेपाल पार्टीले सचिवालय गठन गरेको छ। शुक्रबार मध्यरातसम्म बसेको बैठकले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा सचिवालय टुंग्याएको हो।

पार्टीको विधानअनुसार १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था भए पनि हाल ९ जनाको मात्र चयन गरिएको छ। विधानमा अध्यक्ष, वरिष्ठ नेता, एक महिलासहित दुई उपाध्यक्ष, महासचिव, एक महिलासहित दुई उपमहासचिव, तीन महिलासहित सात सचिव र एक कोषाध्यक्ष रहने प्रावधान छ।

बैठकले अध्यक्षमा कुलमान घिसिङ, वरिष्ठ नेतामा अनुपकुमार उपाध्याय, उपाध्यक्षमा प्राडा महेन्द्र लावती र महासचिवमा धर्मबहादुर चौधरीलाई चयन गरेको छ।

त्यस्तै, सचिवमा रामेश्वर श्रेष्ठ, सुमी मोक्तान, जितराम लामा र केदार खड्का चयन भएका छन् भने कोषाध्यक्षमा भगवती कक्षपति नियुक्त भएका छन्।

पार्टी प्रवक्तामा श्री गुरुङ, सचिवालय सदस्यमा राजेन्द्र अवस्थी र मुख्यसचिवमा राजु थापा चयन भएका छन्। यद्यपि मुख्यसचिव र प्रवक्ता पद भने विधानमा उल्लेख छैन।

हाल एक उपाध्यक्ष, दुई उपमहासचिव र तीन सचिव पद रिक्त रहेका छन्।

यसबीच, उज्यालो नेपाल अभियानमार्फत पार्टी स्थापना गर्दा केन्द्रीय सदस्यमा रहेका लाक्पा फुटी शेर्पा, विजय कँडेल, तुलसा वाइबा, रोशनी लामा, ज्ञानेन्द्रकुमार तामाङ, सीतादेवी पाण्डे, सोमप्रसाद चौधरी, धनबहादुर मिक्चन, डम्बर लावती र प्रदीपकुमार चौधरी सचिवालयमा समावेश हुन सकेनन् ।

त्यस्तै, महेन्द्रकुमार थापा, अग्निमाया मेचे, मनोज लुहार, देवकी पौडेल, बालिका चौधरी, भीमबहादुर कुमाल, राजाराम तन्डुकारलगायत पनि चयनमा परेनन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *