दमक, ७ चैत–राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आज दमकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दमक–८ सेतुमारी रोडमा अवस्थित सहकारी संस्थाले शनिबार आयोजना गरेको रक्तदानमा ५४ पिन्ट रगत संकलन भएको छ ।
दमकस्थित नेपाल रेडक्रस सोसाइटी दमक उप-शाखाको कार्यालय रक्तसंचार विभागको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।
सो कार्यक्रममा सञ्चालक समिति, शेयर सदस्यहरु, पूर्व सञ्चालक, कर्मचारीहरु, व्यापारी, व्यवसायी र शुभेच्छुकहरुसहित ५४ जनाले रक्तदान गरेका थिए ।
सहकारी संस्थाका अध्यक्ष लछुदास (एल डी) सोताङ राईको अध्यक्षतामा र कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा रक्तदान भएको हो ।

सहकारी संस्थाका सञ्चालक समिति सदस्य एबम् तथा सुचना,संञ्चार तथा प्रकाशन उपमिती संयोजक यज्ञराज आङदम्बे (बिष्णु) सुब्बाले रगतको अभाव हुन नदिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए । उनका अनुसार दमकमा राष्ट्रिय बहुमुखी सहकारी संस्थाले दमकमा आजैको मितिमा वर्षेनी रक्तदान कार्यक्रम गर्दै आइरहेको र यसलाई निरन्तरता दिइने छ ।
रक्तदान कार्यक्रममा संस्थाका उपाध्यक्ष टंकप्रसाद दुलाल, लेखा समिति संयोजक इन्द्रमान चाम्लिङ राई, सल्लाहकार लोकप्रसाद कन्दङ्बा, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सुमित्रा बाङदेल, रक्तसंचार विभाग प्रमुख सिद्धार्थ दाहाल, जीवन चक्र समाज नेपालका अध्यक्ष गणेशप्रसाद गौतम, दमक बहुमुखी क्याम्पसका प्राध्यापक बासुदेब काफ्ले, दमक तेक्वान्दो डोजाङका अध्यक्ष जीतु धिमाल, मनु साम्पाङ राई, कमल नगर स्वास्थ्य शाखाका अधिकृत दीपक दाहाल लगायतको उपस्थिति थियो ।
राष्ट्रिय बहुमुखी सहकारी संस्थाको कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रमलाई सचिव दिपेनवाला राईले गरेका थिए ।

